विराटनगरको बुढानीलकण्ठ स्कुलमा कृष्ण जन्माष्ठमी महोत्सव

<span class='c1'>विराटनगरको बुढानीलकण्ठ स्कुलमा</span> <span class='c2'>कृष्ण जन्माष्ठमी महोत्सव</span>

विराटनगर । विराटनगर २ मा रहेको बुढानीलकण्ठ स्कुलका विद्यार्थीहरुले श्रीकृष्णा जन्माष्टमी महोत्सव विविध सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाएका छन् ।

४१ वर्ष अगाडी स्थापना भएको स्कुलले पढाईका अतिरिक्त विद्यार्थीको क्षमता अभिवृद्धीमा टेवा पुर्याउने हिसावले विविध कार्यक्रम गर्दै आएको छ । यसैबीच आईतबार स्कुलले श्रीकृष्णा जन्माष्टमीको अवसरमा विद्यालय परिसरमा विविध सांस्कृतिक कार्यक्रमसँगै लाखे नाच प्रस्तुत गरेर जन्माष्टमी महोत्सव मनाएको हो ।

कार्यक्रममा कक्षा नर्सरीदेखी कक्षा ५ सम्मका विद्यार्थीहरुले राधाकृष्ण तथा गोपीनीहरुको भेष धारण गरी मञ्चको रौनकता बढाएका थिए । कार्यक्रममा कक्षा दुईदेखि दश सम्मका विद्यार्थीहरुले राधा र कृष्णा भगवानको धार्मिक गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । साथै कृष्ण जन्माष्टमी महोत्सवमा कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरुले वासुदेव देवकी विवाह देखि भगवान श्रीकृष्णका बाललिला, कसं मर्दनको कथा वस्तुलाई समेटीएको नाटक समेत प्रस्तुत गरेको स्कुलका प्रिन्सीपल मणीराज भट्टराईले जानकारी दिनुभयो । स्कुलले वार्षीक क्यालेन्डर अन्तर्गत भदौमा कृष्णा जन्माष्टमी महोत्सव मनाएको बताउनुभयो ।

यता कार्यक्रममा स्कुलका कक्षा १० मा अध्ययनरत दुई जना विद्यार्थीहरुले लाखे नाच समेत प्रस्तुत गरेका थिए । विपुल प्रधान र आर्यन श्रेष्ठले लाखे नाचको पहिरानमा सजिएर लाखे नाच प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी सानासाना बालबालिकाहरुले लाखे नाचसँग रमाईलो समेत गरेका थिए ।

शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले शैक्षिक गतिविधीसँगै अतिरिक्त कार्यक्रमहरु विद्यार्थीका निम्ती आवश्यक रहेको प्रिन्सीपल भट्टराईले बताउनुभयो ।

उक्त कार्यक्रमलाई सफल पार्न विशेष भूमिका निर्वाह गर्नुहुने शिक्षकशिक्षिका तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण शिक्षक–विद्यार्थीहरु स्कुलका अध्यक्ष बुद्धि बहादुर प्रधानले धन्यवाद प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्