विराटनगरमा तिज पर्व को अवसरमा ३ दिने ‘नारी उत्सव ‘ हुदै

<span class='c1'>विराटनगरमा  तिज पर्व को अवसरमा</span> <span class='c2'>३ दिने ‘नारी उत्सव ‘ हुदै</span>

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा ३ दिने नारी उत्सव २०८१ गर्ने भएको छ । विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा यही भदौ १४, १५ र १६ गते आयोजना हुने जनाएको छ ।


संघका अध्यक्ष अनुपम राठीको अध्यक्षता र संघको महिला उद्यम समितिकी संयोजक श्रुती शर्माको संयोजकत्वमा विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी जानकारी गरााएको छ ।
३ दिने ‘नारी उत्सव २०८१’को तयारीका बारे जानकारी गराउँदै सो उत्सवलाई भव्यतापूर्वक संचालन गराउन सबै संचारकर्मीको साथ र सहयोगका लागि अनुरोध गरिएको छ । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नवीन रिजाल लगायत पदाधिकारी , कार्यसमिति सदस्य , युवा उद्यम समिति संयोजक , महिला उद्यम समिति सदस्य लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्