विराटनगर विमानस्थलबाट यति एयरमा गएको कपडा राजस्व विभाग काठमाण्डौको नियन्त्रणमा

<span class='c1'>विराटनगर विमानस्थलबाट यति एयरमा गएको</span> <span class='c2'>कपडा राजस्व विभाग काठमाण्डौको नियन्त्रणमा</span>

विराटनगर । विराटनगर विमानस्थलबाट काठमाण्डौं पठाइएको कपडा राजस्व अनुसन्धान विभागको टोलिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएको कुर्तासुरुवालका दश पोका  राजस्व अनुसन्धानको टोलिले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

एति एयरलाइन्सबाट कार्गो गरेर पठाइएको सामान दशवटा पोकामा प्याक गरिएको छ । काठमाण्डौंमा पक्राउ गर्दा उक्त सामानको बिलबिजक भेटिएको छैन । अरुण बाबा होजियारीले शम्भु स्टोरको नाममा मूल्य अभिबृद्धि करसहित ५ लाख १३ हजार रुपैँयाको बिलबिजक जारी गरेर पठाएको सामान छ । यद्यपी नेपाल प्रहरी विराटनगर विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीलाई बिलबिजक उपलब्ध गराइएपनि काठमाण्डौंमा राजस्व अनुसन्धानले भने कुनै बिल फेला नपरेको उल्लेख गरेको छ ।

यति एयर लाइन्सको कार्गोमार्फत गएको छ । ठूलो परिमाणको सामान ट्रान्सपोर्टबाट पठाउनु पर्नेमा जहाजबाट कार्गोको रुपमा पठाइएको छ । विमानस्थलमा प्रहरीसँगको सेट्रिमा सामान पठाइएको दावी छ । विराटनगरबाट अमर जलान बरगाछीका बब्लुले काठमाण्डौंको पाटीलाई पठाएको कपडाको तस्करी भएर आएको आरोप छ । होजियारीको बिलबिजक जारी भएपनि भन्सार महशुल बुझाएको कागजातलाई आधारमा राजस्व विभागले अनुसन्धान गर्ने बताइएको छ ।

ठूलो परिमाणको तस्करीको कपडा काठमाण्डौं विमानस्थलमा आउँदै गरेको सूचना पाएपछि प्लेन ल्याण्ड हुनु अगावै राजस्व अनुसन्धान विभाग हरिहरभवनको टोलि पुगेको थियो । राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार तस्करीको कपडा विमानस्थलबाट बिल मिलाएर पठाएको सुचना पुगेपछि विमानस्थलमै नियन्त्रणमा लिइएको हो । विराटनगरमा यति एयरको जहाजमा सामान लोड गर्न थालिएपछि यहाँको भिडियोसहितको सुचना विभागमा पुगेको थियो । विमान अवतर भए पश्चात सूचनामा उल्लेख गरिए अनुसारको दश पोका सामान फेला परेपछि नियन्त्रणमा लिइएको हो । त्यसपछि नियन्त्रणमा लिएर त्यसको बिलबिजकसहित बुझ्न सम्बन्धित पाटीलाई भनिएको छ ।

राजस्व अनुसन्धानका एक अधिकारीका अनुसार हिजो पक्राउ परेको सामान अहिलेसम्म खोलेर हेरिएको छैन । बिल बिजक नभएका कारण ठ्याक्कै यति मूल्य भनेर उल्लेख गर्ने अवस्था नभएको बताइएको छ । जोगबनी नाकाबाट भन्सार छलेर भित्र्याइएको कपडा विमानस्थल डाइरेक्ट लगिएको थियो । विराटनगर विमानस्थलका वरिष्ठ प्रहरी सहायक निरीक्षक श्याम सुवेदीले बिलबिजक भएरै कार्गो बिल काटेर विमानस्थलमा सामान पुगेको बताए । उनले बिलबिजककै आधारमा सेक्युरिटी चेकजाँच गरिएको दावी गर्दै भने–हामीले प्रक्रिया पुरा गरेपछि सामान गयो, राजस्वले हेर्नुपर्ने कागजात के भेटेन नियन्त्रणमा लियो भन्ने सुनेको छु । अरुण बाबा होजियारीले शम्भु स्टोरको नाममा५ लाख १३ हजारको बिल काटेको देखिएपनि कार्गो वजन भने २६८ केजी उल्लेख गरिएको छ । सामानको भिसिटिएस बील समेत छैन । भारतमा उत्पादन भएको सामान विराटनगरमा बनेको भनेर नक्कली भ्याट बीलमा पठाइएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्