रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

<span class='c1'>रथयात्रामा हेलिकप्टरबाट</span> <span class='c2'>पुष्पवृष्टि गरिने</span>

विराटनगर । भोली मंगलबार विराटनगरमा निस्कने ऐतिहासिक रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । ५६ औं संस्करणको रथयात्रामा ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस अघि नै छलफल कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गर्नको लागी चासो देखाएका थिए । भोली दिउसो ३ः ३० बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट रथयात्रा निकालिदै छ । यसपटकको रथयात्रालाई व्यापक र आकर्षक पार्नको निम्ति हेलिकप्टरबाट पुष्पवृष्टि गर्नको लागि नेपाली सेनाले अनुमति समेत लिईसकेको जनाइएको छ ।

वि.सं. १९८८ देखि भगवान राधाकृष्णको प्रतिमालाई खटमा राखेर खटयात्राको स्वरूपबाट विराटनगर परिक्रमाको शुभारम्भ गरिएको थियो । पछि वि.संं. २०२५ सालमा विशाल र अग्लो रथको निर्माण गरी सोही रथमा भगवान राधाकृष्णको प्रतिमालाई लाखौ भक्तजनको सहभागितामा प्रत्येक वर्ष रथयात्रा निकाल्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्