विराटनगरमा रथयात्रा, हिमाल–पहाडमा विदा

<span class='c1'>विराटनगरमा रथयात्रा,</span> <span class='c2'>हिमाल–पहाडमा विदा</span>

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा मंगलबार निकालिने राधाकृष्ण रथयात्राको अवसर पारेर प्रदेशभर सार्वजानिक विदा दिएको छ । सार्वजनिक बिदाको हचुवा निर्णयका बारेमा अहिले सरकारको आलोचना बिदा दिन मात्रै जान्ने प्रदेशको रुपमा भईरहेको छ ।
संघले दिने बाहेक वर्षमा ६ वटा सार्वजनिक बिदा प्रदेश सरकारले दिन पाउँछ । जसमध्ये विराटनगरमा राधाकृष्ण रथयात्रामा निकाल्ने दिन प्रदेशका १४ वटै जिल्लामा विदा दिईने चलन चलाइएको हो ।

त्रियानब्ब वर्षदेखि विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकालिदैं आएको छ । भारतको जगन्नाथपुरीपछि दोस्रो ठूलो रथयत्रा हुन आंकलन गरिन्छ । कोशी प्रदेशमा यो ठूलो र विराटनगरका लागि महत्व बोकेकोमा पर्दछ । मोरङको विराटनगरबाहेक झापा र सुनसरीका केही स्थानमा पनि यो क्रम सुरु गरिएको छ । तर, कोशी प्रदेश अन्तर्गत तराईका तीन जिल्ला बाहेक अन्य ११ जिल्लामा रथयात्रा निकालिदैन । हिमाली र पहाडी जिल्लामा समेत प्रदेश सरकारले विदा दिने निर्णय सच्याउनु पर्ने माग उठ्न थालेको छ ।

रथयात्रामा विराटनगर महानगरपालिकाले स्थानीय विदा दिदाँ मात्रै पनि हुन्छ । भईरहेको पनि त्यहि थियो । दिउँसो ३ बजेपछि रथ तान्ने चलन छ । रथ निस्कने विराटनगरमा समेत आधा समय काम गर्न भ्यायन्छ । तर, प्रदेशभर नै सार्वजानिक विदा दिने निर्णय हचुवाको भरमा भएकोले सच्याउनु पर्ने बताइन्छ ।

प्रदेश सरकारले २०८० चैत ९ मा रथयात्राको दिन सार्वजानिक विदा दिने निर्णय गरेको थियो । कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री हुँदा गरिएको निर्णय अहिलेको सरकारले समेत कार्यन्वयनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्