विराटनगरको रथयात्राः धार्मिक एकताको अनुपम उदाहरण

<span class='c1'>विराटनगरको रथयात्राः धार्मिक</span> <span class='c2'>एकताको अनुपम उदाहरण</span>

इन्दु साह
विराटनगर । पूर्वी नेपालको प्रमुख शहर विराटनगरमा आयोजित हुने रथयात्रा अन्तरधार्मिक एकता र सामाजिक सद्भावको प्रतिकको रुपमा स्थापीत छ । यो उत्सवमा केवल हिन्दू धर्म मान्ने धार्मिक अनुरागी मात्रै नभई अन्य धर्मालम्बीहरुले समेत उतिकै महत्व र सहयोगी भाव राख्दै आएका छन् ।

विभिन्न धर्म र संस्कृतिका मानिसहरूको एकताको सन्देश झल्काउने रथयात्रा विराटनगरको पहिचानको रुपमा मानिन्छ । एकताको उत्सवको रुपमा रहेको रथयात्रामा इस्लाम र बौद्ध धर्मालम्बीहरुले समेत सहयोग गर्दै आएका छन् । विराटनगर महानगरपालिकाको तथ्यांक अनुसार रथयात्रामा सामेल हुने भक्तजन तथा अवलोकनकर्ताका लागि मुस्लिम समुदायका संघसंस्थाले समेत पानी तथा सर्वत वितरण गर्न अनुमति लिएका छन् । यो वर्षेनी हुँदै आएको छ ।

यसवर्ष विराटनगर महानगरपालिकाको सरसफाई शाखाले सर्वत तथा पानी वितरणपछि त्यसको फोहोर व्यवस्थापनमा समेत सहजीकरण गर्नुपर्ने भन्दै अनुमति लिएर मात्रै पानी तथा सर्वत वितरण गर्न आग्रह गरेको थियो । यो आग्रह अनुसार ८९ वटा संघसंस्थाले अनुमति लिएको सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिएका छन् ।

विराटनगर १५ निवासी २४ वर्षिय तरबेज आलमले लियो क्लबमार्फत भोलि रथयात्राका दिन पानी वितरण गर्ने भएका छन् । उनको अनुसार रथयात्रा विराटनगरको सान भएकोले यहाँ कुनै धर्म विषेशले मात्रै नभएर सम्पूर्ण समुदायनै मिलेर मनाउदै आएको विगतको परम्परा कायम रहने बताए । उनले भने म बाल्यकालदेखिनै रथयात्रा हेर्न बुबा र हजुर बुबासंग आउने गर्थे । अघिल्ला वर्षहरुमा स्वयमसेवक समेत बसेको थिए । तर यसपटक उनले संस्था मार्फत भूमी प्रशासन चौकमा पुरी, हलुवा र पानी वितरण गर्ने भएका छन् । उनले भने यस उत्सवलाई हाम्रो शहरको एकताको प्रतीकको रूपमा हेर्छौं । यसले हामीलाई एकअर्काको संस्कृति बुझ्न र सम्मान गर्न सिकाउँछ ।

यस्तै विराटनगर ८ स्थित बसोबास गर्दै आएका ४० वर्षीया कुमार तामाङले पनी भोलि पानी वितरण गर्ने भएका छन् । उनले भने हामी जुनसुकै समुदाय धर्मका मानिस भएपनी बै नेपाली नै भएकोले एकले अर्कोलाई सम्मान गर्न सक्नुपर्छ । त्यसैले रथयात्रा भव्यताकासाथ मनाउने गरेको उनको भनाई छ । विराटनगरमा सबै समुदायले एक अर्काको चार्डपर्वलाई समान्नकासाथ मानाउने गरेको तमाङ बताउँछन् ।
महिला उदायन संगठनकी केन्द्रिय अध्यक्ष २६ वर्षीैय रोकैया खातुनले समेत उनको संगठनमार्फत पानी वितरण गर्ने भएकी हुन् । उनको परिवार यस्तो कार्यबाट हुने गरेका छन् । उनको छरछिमेकि लगायत टोलवासीनै रथयात्रामा सहभागी हुने गरेको बताईन् ।
यहाँका समुदायले एकताको महत्त्व बुझेका छन् खातुनले भनिन् । । अहिले रथयात्राको तयारी र व्यवस्थापनमा सबै धार्मिक समुदायका प्रतिनिधिहरू संलग्न हुन्छन्। विराटनगरको यो रथयात्रा नेपालको धार्मिक सहिष्णुता र विविधतामा एकताको एक उत्कृष्ट उदाहरणको रूपमा स्थापित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्