रथयात्राको सम्पुर्ण तयारी पुरा, यसपटक १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिदै

<span class='c1'>रथयात्राको सम्पुर्ण तयारी पुरा, यसपटक १२</span> <span class='c2'>सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिदै</span>

विराटनगर । विराटनगरमा भोली मंगलबार ५६ औँ सस्करणको निकालिने ऐतिहासिक रथयात्राको लागि १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ ।
रथयात्रामा चोरी तथा अन्य घटना हुन नदिनको लागी मोरङ प्रहरीले सुरक्षा व्यावस्थाको लागी कडाईका साथ जनपथ, शसस्त्रसंगै, ट्राफिक प्रहरी लगायत पिकेट समेत परिचालन गर्ने भएको हो ।
रथ यात्रामा अत्याधिक भीडभाडमा चोरी तथा लुटपाट हुने भएका कारण सुरक्षा व्यावस्थालाई थप चुस्तदुरुस्त पार्नको लागी सुरक्षारणनिती अपनाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर बस्नेतले जानकारी दिनुभयो ।


रथयात्राको लागी विशेष सुरक्षा अपनाउनको लागी सोमबार जिल्ला प्रशासन कार्यलय मोरङमा रथयात्रा मुल समारोह समितिका पदाधिकारी विभिन्न , अनुसन्धान, सादा पोसाक , जनपथ प्रहरी लगायत अन्य सुरक्षा निकायका प्रमुखहरुसँग बसेको छलफलले सुरक्षा व्यावस्थालाई चुस्त दुरुस्त अपनाईएको मोरङ प्रहरीले जनाएको छ । रथयात्राको सुरक्षारर्थ पिकेट, ड्रोन क्यामारा र सिसि क्यामाराबाट निगरानी, समेत गरिने प्रहरीले जनाएको छ ।


रथयात्रामा अत्याधिक भिडभाड हुने भएका कारण मुल्यवान गरगहना ,महङ्गो मोवाईल तथा जिन्सी सामान नबोकी रथयात्रामा सहभागी मोरङ प्रहरीले आग्रह गरेको छ ।
यता भोली निकालीन लागेको रथयात्राको सम्पुर्ण तयारी भएको पुरा भएको राधाकृष्ण मन्दिरका अध्यक्ष कैशला रेग्मीले जानकारी दिनुभयो । रथको सिंगारका कामहरुलाई अन्तिम चरणमा पुर्याएको र भोली १ बजे सम्म सबै कामहरु सम्पन्न हुने समेत अध्यक्ष रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्