दुई स्पेनिस पर्यटक बेपत्ता

<span class='c1'>दुई स्पेनिस</span> <span class='c2'>पर्यटक बेपत्ता</span>

पोखरा । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्क विहीन भएका हुन् ।

उनीहरु भुरूङ्ग्दी खोलाको पुल मुनि रहेको पुरानो बाटोबाट हिड्दा खोलाले बगाएको हुन सक्ने आकलन गरिएको गाउँपालिका प्रवक्ता भरतराम गुरुङले जानकारी दिए । आइतबार मात्रै बिरेठाँटीस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी लागेको उक्त युगल जोडीको सोमबार दिनभर खोजि गरिएको भएपनि फेला बताइएको छ ।

उनीहरुको खोजीका लागि मंगलाबार गोताखोर परिचालन गर्ने तयारी भएको बताइएको छ । मंगलबार गोताखोरसहितको टोलीले खोलामा खोजी गर्ने छ । पर्यटक हराएको जानकारी दूतावासलाई गराइएको प्रवक्ता गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्