विराटनगरमा राधा कृष्ण रथ यात्रा आज

<span class='c1'>विराटनगरमा राधा कृष्ण</span> <span class='c2'>रथ यात्रा आज</span>

-देवराज तामाङ
विराटनगर । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथ यात्रा निकालिने भएको छ। आज दिउँसो ३ः३० बजे विराटनगरमा रथ यात्रा निकालिने तयारी पुरा भएको रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ।

रथ यात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगरपालिकाका नागेश कोइरालाले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने आयोजकले जनाएको छ ।

रथ यात्राको लागि १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ । रथ यात्रामा चोरी तथा अन्य घटना हुन नदिनको लागि मोरङ प्रहरीले सुरक्षा व्यवस्थाको लागि कडाईका साथ जनपथ, सशस्त्र प्रहरीसंगै, ट्राफिक प्रहरी लगायत पिकेट समेत परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर बस्नेतले जानकारी दिए।

यता कोशी प्रदेश सरकारले विराटनगरमा आज निकालिने राधा कृष्ण रथ यात्राको अवसर पारेर प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ।

ईटहरीस्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ ।

रथयात्रा मन्दिरबाट तीनपैनी मेनरोडबाट ट्राफिक चौक र रोडशेष चौकबाट विराटनगर धरान रोड हुदै बरगाछीबाट पुनः मन्दिरमा पुगेर समापन हुने रेग्मीले बताउनुभयो । करिब ९ किलोमिटरको रुट तय गर्दै ६ घण्टाको अवधिमा रथ यात्राले विर्सजन लिने भएको छ ।

यसपटकको रथको मध्यभागमा युगलजोडी भगवान् श्रीराधाकृष्णलाई आरूढ गराई ५ जना पंडितको समुह, प्राविधिक १ जना, कमिटिको तर्फबाट १ जना गरी ७ जना रथमा रहने व्यवस्था गरिएको छ । उक्त रथको अग्र भागमा विभिन्न जातजाती, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवम् भजन मण्डलीहरूको ताँती रहने जनाइएको छ । रथ यात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाईको छ जसको लम्वाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । यस रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठ्ठा डोरी रहने छ । जसलाई दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरूले लठ्ठा समाई उक्त लठ्ठालाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ । यस वर्षको रथयात्रा समारोहको मुख्य आकर्षण रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्ट गुच्छा वर्षाइने मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।

विराटनगरको श्री राधाकृष्ण रथ यात्रा भारतको जगन्नाथपुरी पछि दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्रा मानिएको छ । यसपटकको रथयात्रामा नेपाल र भारतका ५ लाख भन्दा बढी भक्तजनहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

रथ यी स्थानहरुमा विश्राम गरिने छ :
१) राधाकृष्ण मन्दिरबाट रथ प्रस्थान
२) तीनपैनी चौक
३) धनावत निवास अगाडी
४) शंकरपुर जाने मोड
५) विराटेश्वर महादेव मन्दिर
६) महानगरपालिका चौक
७) गोल्छा चौक
८) वडा प्रहरी कार्यालय
९) सत्यनारायण मन्दिर
१०) सातघुम्ती मोड
११) जैन भवन
१२) लक्ष्मी सनराइज बैंक
१३) जलजला मोड
१४) काली मन्दिर
१५) बाटा गल्ली चौक
१६) पञ्चमुखी हनुमान मन्दिर
१७) राष्ट्रिय वाणीज्य बैंक
१८) कर कार्यालय
१९) ट्राफिक चौक
२०) संसारी माईस्थान
२१) एक्वा पार्क जाने मोड
२२) भूमि प्रशासन चौक
२३) रोडशेष चौक
२४) कलेज मोड
२५) बसपार्क
२६) महेन्द्र चौक
२७) एनआईडोसी भवन अगाडी
२८) सरौचिया चौक
२९) महाबीर रोड चौक
३०) शनिमन्दिर चौक
३१) भाटभटेनी सुपरमार्केट अगाडी
३२) शिवमन्दिर चौक
३३) सत्यनारायण मा.वि.
३४) भृकुटी चोक
३५) बिद्युत प्राधिकरण
३६ ) विराट नर्सिङ होम चौक
३७) मुनालपथ चौक
३८) बरगाछी चौक
३९ ) बासुकीनाथ मन्दिर मोड
४०) शंखरपुर जाने बाटो मोड
४१) दुर्गा चौक
४२) पानी ट्यांकी चौक
४३) राधाकृष्ण मन्दिरमा रथ विश्राम

ऐतिहासिक रथ यात्राको प्रत्यक्ष प्रसारण आवर विराटनगर डट नेटबाट हुने

आवर विराटनगर डट नेटले आफ्नो फेसबुक पेज आवर विराटनगरबाट ऐतिहासिक रथ यात्राको विभिन्न स्थानबाट प्रत्यक्ष प्रशारण गर्दैछ । विराटनगरदेखि बाहिर रहेका आम पाठक तथा दर्शकलाई सजिलो गराउन आवर विराटनगरले प्रत्यक्ष प्रशारण गर्न लागेको हो । आवर विराटनगरले विराटनगरको राधाकृष्ण मन्दिर , जलजला चोक, ट्राफिक चौक,रोडशेष चौक, महेन्द्र चौक,भृकुटी चौक,बरगाछी चौक,दुर्गा चौकबाट प्रत्यक्ष प्रशारण गर्ने आवर विराटनगरका निर्देशक बिवेक दाहालले बताए ।

लाखौ मानिसले अवलोकन गर्ने भनिएको रथ यात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस् :

--महिलाहरुले महँगो गरगहना जस्तै सिक्री,औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला किनभने भिडमा यस्ता सामग्री हराउने सम्भावना रहन्छ।

-रथ हेर्न जादा गोजीमा पर्स नबोक्नुहोला साथै धेरै पैसा , महँगो मोबाइल फोन नबोक्नु नै बुद्धिमानी हुनेछ ।

-महिलाहरुलाई यौनजन्य हिंसा हुन सक्ने हुनाले धेरै भिड भएको ठाउमा नजानु नै उपयुक्त होला वा सुरक्षितरुपमा भिडमा जानुहोला ।

-साना बालबालिकालाई आफुसंगै राख्नुहोला , सकेसम्म एक्लै नछोड्नुहोला । भिडमा बालबालिका हराउने डर रहन्छ ।

-रथ यात्राका क्रममा हल्लाको पछाडी लागेर नदौडीनुहोला , सकेसम्म सुरक्षित भएर रथको डोरी समाउनुहोला ।

-रथ यात्राका क्रममा कसैले चोरी, अपहरण , यौनजन्य हिंसा तथा अनावस्यक होहल्ला गर्न खोजेमा कृपया प्रहरीलाई सूचना दिनुहोला , प्रहरी तपाई कै वरिपरी रहनुहुनेछ।

-मेलामा पाल्नु हुने महिला दिदि, बहिनी, बालबालिका तथा बृद्ध बृद्धाहरूलाई सम्मान गर्न अनुरोध छ । वहाहरुलाई सहज बनाउन लाग्नु होला।

-भिडमा अपरिचित व्यक्तिले दिएको खानेकुराहरू नखानु नै उचित होला । आफ्ना बालबालिकालाइ पनि यी कुरा बताउनु होला।

-मादक पदार्थ तथा नशाजन्य पदार्थ सेवन गरी रथयात्रामा सहभागी नहोऔ । यदि कोहि यस्तो अवस्थामा भए र भिडमा अराजक देखिए प्रहरी तथा स्वयंसेवकलाई जानकारी दिनुहोला।

- रथयात्रा हुने मार्ग आसपासमा आफ्ना सवारी साधनहरू नचलाऔ । साथै आफ्नो सवारीसाधन पनि सुरक्षित पार्किङ भएको ठाउमा मात्रै राख्नुहोला।

-तपाई सपरिवार मेलामा जादै हुनुहुन्छ होला । कतै तपाईले आफ्नो घरको झ्याल ढोका लगाउन बिर्सिनु भएको त छैन ? राम्रोसँग सुरक्षित भएर जानुहोला ।

-नेपाल कै प्रतिष्ठित राथ यात्रालाइ मर्यादित बनाउन सबैले सहयोग गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्