विराटनगरमा रथयात्राको समयमा सवारीका लागि यी हुन बाइपास रुट

<span class='c1'>विराटनगरमा रथयात्राको समयमा सवारीका लागि</span> <span class='c2'>यी हुन बाइपास रुट</span>

विराटनगर । राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट सार्वजानिक गरेको हो ।

जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरोडमा सवारी साधन प्रवेश पाउने छैनन् । त्यसपछि कोशी राजमार्गलाई ४ बजेपछि क्लियर गर्दै लगिनेछ । तर, यात्रुबस तथा साना सवारीको हकमा भने ६ बजेसम्म राजमार्ग क्षेत्रमा निषेध गरिने छैन । मालवहाक ट्रकलाई भने होल्ड गरिने जानकारी दिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार नाकाबाट आउने मालवहाक ट्रकलाई आईसिपी रोडमा होल्ड गरिने छ । चार पाङ्ग्रे साना तथा मोटरसाइकलको हकमा जतुवा नहर पश्चिम बाइपास गरिने छ । यो नहर पश्चिम बाइपास हुँदा सवारीहरु कन्चनबारी निस्कने छन् । यसैगरी कन्चनबारीबाट ठूलो मिल–भट्टी मोड–हाटखोला बाइपास गरिएको छ । रंगेलीबाट आउने मालवहाक तथा यात्रु बहाक बसका हकमा कटहरीमै होल्ड गरिने छ । रंगेलीबाट आउने साना सवारीका हकमा भने देवकोटाचौकबाट उत्तर अदालत, शहीद रंगशालाको बाहिरी परिसर कभर बनाउन सक्नेछन् । दक्षिणतर्फ देवकोटा चौक दक्षिण जान सक्नेछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेका अनुसार राजमार्ग क्षेत्र पुरै ठप्प हुने समय भनेको साँझ ६ बजेदेखि ८ बजेसम्म हो । रथलाई ट्राफिक चौक ल्याएर रोडशेषचौकतर्फ बढाउन थालेपछि मात्रै राजमार्गमा सवारी होल्ड गरिने न्यौपानेले जानकारी दिए । राजमार्गलाई दिउँसैदेखि अवरोध गर्दा सवारीहरु बाइपासमा फस्ने र यात्रु गन्तव्यमा नपुग्ने संभावनालाई आंकलन गरिएको छ ,
हाईवे २ घण्टा जाम लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्