विराटनगरमा फूल र विरुवा संरक्षणमा दुईसय स्वयम्सेवक परिचालन

<span class='c1'>विराटनगरमा फूल र विरुवा</span> <span class='c2'>संरक्षणमा दुईसय स्वयम्सेवक परिचालन</span>

विराटनगर । विराटनगर महानगरपालिकाले सौन्दर्यकरण अभियानअन्तर्गत रोपेका विरुवा र फूलको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ । विराटनगरस्थित बरगाछी–रानी सडकखण्डमा भर्खरै मात्र रोपेका फूल र विरुवा राधाकृष्ण रथयात्राका क्रममा नष्ट हुने सम्भावना बढेको भन्दै महानगरले युवा स्वयम्सेवक परिचालन गर्न लागेको हो ।

फूल र विरुवा जोगाउन स्वयम्सेवक परिचालन गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले बताएका छन् । ‘नगर प्रहरी मेरो साथी’ लेखेको भेष्ट लगाएर करिब २ सय स्वयम्सेवकहरू विरुवाको संरक्षणमा खटिनेछन् । यसरी खटिने स्वयम्सेवकहरूलाई महानगरले प्रशिक्षणसमेत दिएको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले साँच्चिकै स्वयम्सेवकको सिद्धान्त र भावनाअनुसार खटिन आग्रह गरेका थिए ।

विराटनगर बनाउने दायित्व सबैको भएकाले विरुवाको संरक्षण गर्ने दायित्व पनि आमविराटनगरवासीको भएको बताएका छन् । विराटनगरको पहिचानसित जोडिएको रथयात्राका क्रममा हुने फोहोरको व्यवस्थापनमा समेत ध्यान दिन उनले आग्रह गरेका छन् । उपमेयर शिल्पा निराला कार्कीले स्वयम्सेवकहरूलाई फूल र विरुवाको संरक्षणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरेकी थिइन् । स्वयम्सेवकहरूले गरेका हरेक काम सफल भएको बताउँदै उनले विरुवा र फूल जोगाउन स्वयम्सेवकहरू सफल हुने विश्वास व्यक्त गरिन् ।

प्रशिक्षण कार्यक्रममा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डिएसपी बुद्धकुमार श्रेष्ठ, ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपाने, सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले स्वयम्सेवकहरूको मुख्य जिम्मेवारी डिभाइडरका फूल र विरुवाको संरक्षण गर्ने भए पनि रथयात्राका क्रममा हुने अपराधिक क्रियाकलाप रोक्न भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

यसैबीच पानी, सर्बत र प्रसादी वितरणका लागि ८७ वटा व्यक्ति, संस्था र व्यवसायीहरुले महानगरबाट स्वीकृत लिइएको सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्