जीवन विकास लघुवित्त वित्तीय संस्थामा तोडफोड र आगजनी

<span class='c1'>जीवन विकास लघुवित्त वित्तीय</span> <span class='c2'>संस्थामा तोडफोड र आगजनी</span>

सिरहा । सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

मंगलबार दिउँसो १२ बजेर ३० मिनमा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरु १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरुलाई सघाउन १०/१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरु एक्कासी कार्यालयमा पसेर फाइल, कागजपत्रहरु माथिल्लो तलाबाट भूइतर्फ हुर्याउन थालेको एक प्रत्यक्षदर्शीले बताए ।

नाम उल्लेख नगर्ने शर्तमा संस्थाका एक कर्मचारीले भने,‘तल बसेकाहरुले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छाडेनन् । कम्प्यूटरको सीपीयू, मोनिटोर र सिसिटिभी क्यामराहरु फुटाए । इनभर्टरका व्याट्रीहरु क्षतिग्रस्त बनाइएका छन् ।

कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बीच हातपात र घम्साघम्सी समेत भएको थियो ।’ इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्, ‘क्षतिको मूल्यांकन यकिन भएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको छ । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । आगजनी र तोडफोडमा संलग्नहरुको पहिचान गरी खोजतलास सुरु गरिएको छ ।

लघुवित्त संस्थाहरुले चर्को व्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरुलाई कारवाही गर्ने अभियानीहरुले दबाव स्वरुप यस्तो हर्कत गरेको हुन सक्ने स्थानीयहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्