विराटनगरको शनिमन्दिर–बरगाछी सिटी सफारीको यात्रामा किशोरीमाथि ‘ह्यारेसमेन्ट’

<span class='c1'>विराटनगरको शनिमन्दिर–बरगाछी सिटी सफारीको</span> <span class='c2'>यात्रामा किशोरीमाथि ‘ह्यारेसमेन्ट’</span>

विराटनगर । सिटी सफारीको यात्राका क्रममा मंगलबार विराटनगरमा दुई किशोरीलाई लक्षित गरेर एकजना युवकले अवाञ्छित कार्य गरेका छन् । उनले गरेको गतिविधि किशोरीहरुलाई ह्यारेसमेन्ट गर्ने उद्देश्यको देखिन्छ । पीडित किशोरीहरुले यस्तो कार्यमा संलग्नलाई प्रहरीले खोजी गरेर पक्राउ गर्नुपर्ने माग गरेका छन् । उनीहरुका अनुसार यदि यस्तो कार्य सार्वजानिक सवारीमा हुने हो भने महिलाहरुलाई हिँडडुल गर्ने वातावरण कमजोर हुनेछ ।

‘मंगलबार रथयात्राका दिन सडकमा सर्वाधिक संख्याका मानिसको चहलपहल थियो । बरगाछी जानका लागि शनिमन्दिरबाट दुईजना सिटीमा चढ्यौं । त्यतिकैमा अर्को केटा आएर बस्यो । हामी अगाडीतर्फ फर्केर पछाडीको सिटमा थियौं, उ पछाडीतर्फ फर्केर हाम्रो अगाडी थियो । उसको र हाम्रो गन्तव्य बरगाछी नै भनेर सिटीलाई भनिएको थियो ।
त्यसपछि उसले हर्कत सुरु गरो । लागुऔषध खाएको थियो वा केहि तर उसले बारम्बार आफ्नो लिङ्ग समाएर उत्तेजना प्रदर्शन गर्दैगयो । हामी दुईजना भएपनि डराएर बोल्न नसक्ने स्थितिमा पुगिसक्यौं । बारम्बार लिङ्ग मसार्दै गयो, हाम्रा लागि उसले चुनौती पस्किरहेको जस्तो लाग्यो । मानौं की उ कुनै बन्द कोठामा हस्त मैथुन गरिरहेको थियो ।

अब हामीले कानेखुशी गर्दै कुरा गर्न थाल्यौं, कतै सिटी सफारीबाट ओर्लेपछि यसले हामीमाथि आक्रमण गर्ला की ! या त सिटीकै यात्राका क्रममा हामीमाथि कुनै अपराध गरेर अन्तै लगिएला की भन्नेभयो ।

भगवान दर्शनका लागि घरबाट बाहिर निस्केका हामीले के बेहोर्नुैपर्ने हो भन्ने भएपछि जुक्ति पनि लगायौं । साथीले भिडियो खिच्ने र मैले घरमा फोन गरे जस्तो गर्ने । त्यहि बेला मैले बाबालाई ‘बरगाछी लिन आउनु, रातो सिटीमा छौं’ भनेर त्यतिकै भने । उसले त्यो केटाले गरिरहेको हर्कतको भिडियो खिची । त्यसपछि उसले बरगाछीसम्मको गन्तव्य टुङ्ग्याउँदै बीचमै ओर्लियो । ओर्लने बेलामा हामीलाई धकाल्यो। ‘के सारो टाँसिदैं हिडेको’ भनेपछि सिटी चालकले पनि फर्किएर हामीतिर हेरे तर केहि बोलेनन् । उसले भाडा तिरेपछि सिटी अगाडी बढ्यो । बरगाछी भनेपछि स्वास् तान्दै हामीले यहिंयहिं भन्यौं ।’

रथयात्राका दिन सिटी सफारीमा एक युवकले ह्यारेसमेन्ट गरेपछि किशोरीले आवर विराटनगरलाई फोनमा जानकारी दिएका हुन् । उनीहरुले सिटीमा युवकले गरेको हर्कतको भिडियो समेत ओबीलाई उपलब्ध गराएका छन् । यसैगरी आफूहरुमाथि हर्कत गर्ने व्यक्तिको बारेमा बरगाछीमा रहेको प्रहरीलाई समेत जानकारी गराइएको उनीहरुले बताएका छन् । यद्यपी प्रहरीले भने रथयात्राको दिन भएर हुनसक्छ धेरै चासो नलिएको उनीहरु बताउँछन् । उनीहरुमाथि सेक्सुयल ह्यारेसमेन्ट भएको गुनासो गरेका छन् । आफूहरु सिटीको यात्रामा रहँदा संरक्षण गर्ने दायित्व चालकको पनि हुने पीडित किशोरीले बताइन् । शनिमन्दिरबाट बरगाछी पुग्दासम्म गरिएको कार्य प्रहरीमा समेत जानकारी गराएका उनीहरुले युवकलाई नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बाटो हिड्ने क्रममा भएको घटनामा संलग्नलाई खोजी गरेर नियन्त्रणमा लिने दावी गरेका छन् । उनले पीडित किशोरीलाई प्रहरी कार्यालय गएर घटनाको बारेमा जानकारी दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्