खुकुरी प्रहार गरी हत्या गर्ने आरोपी धरानमा पक्राउ

<span class='c1'>खुकुरी प्रहार गरी हत्या</span> <span class='c2'>गर्ने आरोपी धरानमा पक्राउ</span>

सुनसरी । धरान प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

संखुवासभाको खाँदबारी नगरपालिका-२ का ३३ वर्षीय बबिन बराललाई घटनामा प्रयोग भएको खुकुरीसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो।

भदौ ११ गते धरान उपमहानगरपालिका-३ मा घटना भएको थियो। बरालले बहिनीज्वाई नाता पर्ने ३७ वर्षीया सिर्जना साही र उनकी १४ वर्षीया छोरी युनिसा साहीलाई घरायसी विवादको क्रममा खुकुरी प्रहार गरेका थिए। घटनामा परी युनिसाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनापछि तत्काल घाइतेहरूलाई उपचारका लागि धरान घोपा पठाएको र आरोपीलाई नियन्त्रणमा लिएको थियो। हाल बराललाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्