महानगर प्रहरीको आँटले जोगियो विराटनगर बरगाछी–बसपार्क क्षेत्रका बिरुवा

<span class='c1'>महानगर प्रहरीको आँटले जोगियो</span> <span class='c2'>विराटनगर बरगाछी–बसपार्क क्षेत्रका बिरुवा</span>

विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्राको विशेष महत्व छँदैछ । कृष्णजन्माष्टमीको भोलिभल्ट पानीट्याङ्कीदेखि सुरु भएको रथयात्रा नौ किलोमिटर दुरीमा चल्छ । यो दुरी भित्र मेन रोड हुँदै रोडशेषचौक र रोडशेषचौकदेखि बरगाछीसम्म पर्छ । यस पटक रथयात्रा निकाल्ने भन्ने निर्णयसँगै एउटा बहस थियो । विराटनगर महानगरपालिकाले कोशी राजमार्ग अन्तर्गत बरगाछी–बसपार्कसम्मका बिरुवा कसरी जोगाउँछ ?

यो प्रश्नको उत्तर सहज थिएन । किनकी ठूलो मास नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नै हम्मे पर्ने अवस्था हुन्छ । रथयात्रामा सहभागीहरुको संख्या लाखमा हुन्छ । तर, नागरिकले नै केहि गर्दैन महानगर भनेर बारम्बार दवाव दिएपछि वातावरण संरक्षण र शहरी सौन्दर्यताका लागि रोपेका बिरुवा जगाउने विकल्प अन्तिम समयमा निकालिएको थियो । त्यो थियो, स्यम्सेवक परिचालन गरेर नगर प्रहरीले बिरुवाको संरक्षण गर्ने ।

महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसहित प्रमुख प्रशासकिय अधिकृतले यसको तयारी गर्न नगर प्रहरीका प्रमुख राजन पौडेललाई भने  । त्यसको तयारीमा लागेका उनलाई डर थियो । ‘डर मान्दै भएपनि छोटो समयमा गरेको तयारीले सार्थकता पायो’ प्रहरी निरीक्षक पौडेलले भने–पहिलो वर्ष लिएको अनुभवले आगामी वर्षहरुमा काम गर्ने सहज बनाउनेछ । उनका अनुसार तयारी गर्ने भनेपछि एकसय युवा परिचालन गर्ने योजना थियो । तर, स्वयम्सेवक संख्या १९५ जना पुगेको थियो । उनीहरुसँग नगर प्रहरीका १५ जना सदस्यलाई परिचालन गर्ने जिम्मेवारीमा पौडेलले थिए । छ सय मिटर डोरी समाएर उभिएका स्वयम्सेवकले मासलाई मेडियन स्ट्रिप्सतर्फ आउन दिएनन् । आवश्यकता हेरेर केहि ठाउँ एकतर्फा र केहि ठाउँमा दुवैतर्फ स्वयम्सेवक उभिएका थिए । जसका कारण भर्खरै जरा हालेर जाग्दै गरेका बिरुवाको संरक्षण संभव भएको छ ।

‘छोटो समयको तयारी अथक मेहनत र परिश्रम लगाएर स्वयम सेवकको सहयोगमा पाँचलाख सख्या बढीको मानव सागरको बीचमा डिभाइडरमा लगाइएका बृक्ष तथा तार जालिलाई जोगाउन सफल भएकोमा नगर प्रहरी र नगर प्रहरी सँगै खटिने स्वयम सेवक साथीहरु ,महमानगरपालिकाको सरसफाई शाखा प्रमुख र उहाँको टिम तथा रथको सुरक्षामा खटिने नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका सम्पूर्ण सुरक्षाकर्मीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु’ पौडेलले फेसबुक पेजमा आफ्ना कुरालाई यसरी साटेका छन् ।

महानगरपालिकाको सरसफाई शाखाको अगुवाईमा डिभाइडर क्षेत्रमा बिरुवा तथा फूल रोपिएको हो । यसमा निजी क्षेत्रलाई समेत संलग्न गराइएको छ । अभियानकै रुपमा राखिएको हुनाले यसलाई संरक्षण गर्ने चासो प्रमुख कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीमा पनि थियो । किनकी विराटनगर प्रवेश गरेपछि शहरको अनुहार कोशी राजमार्गको ढाटदेखि बसपार्क अथवा रोडशेष चौकसम्मको दुरीमा देखिन्छ । बाहिरबाट आउनेहरुका लागि शहरमा सुन्दरताका फूल फुलाउने पहल हुँदैछ भन्ने देखाउनका लागि नै नागरिक समेतको संलग्नतामा काम गरिदैं आएको छ । कोहि पाहुना आउने बित्तिर्कै पहिले आँगन अनि फूलबारी हेरेर मात्रै घरमा प्रवेश गर्दछन् । त्यसैले पनि फूल तथा जाली जोगाउनु हाम्रा लागि चुनौती बनेको थियो, पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्