विराटनगर । प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ।
कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४ वटा स्वर्ण पदक, १५ वटा रजत पदक र २२ वटा काँस्य पदक जितेका छन्।
उक्त प्रतियोगितामा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको न्यू सेप कराते एकेडेमी खेलाडीहरूले १२ स्वर्ण, ५ रजत, र ४ काँस्य पदक जित्दै बुढीगंगासहित नेपालको गौरव बढाएको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले बताए।
अन्तर्राष्ट्रिय कराते प्रशिक्षक प्रभाकर राना मगरले खेलाडीहरूको परिश्रम र समर्पणको प्रशंसा गर्दै आगामी प्रतियोगितामा अझ सशक्त प्रदर्शनको अपेक्षा व्यक्त गरे। बुढीगंगा गाउँपालिकाका अध्यक्ष मगरले प्रतियोगितामा विजयी भएर फर्किएका खेलाडीहरूलाई खादा र माला लगाई सम्मान साथै बधाई व्यक्त गरे।