यसपालिको दशैंमा दुर्घटना रहित बनाऔं : गृहमन्त्री लेखक

<span class='c1'>यसपालिको दशैंमा दुर्घटना रहित</span> <span class='c2'>बनाऔं : गृहमन्त्री लेखक</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ-आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् ।

बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरुलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने,‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका छौं । तर, लक्षित परिणाम हासिल भएन । यो चिन्ताको विषय हो । दुर्घटना न्यूनीकरण कसरी गर्ने हो ? दिनमा ७ जनाको मृत्यु हुन्छ । दैनिक ४) जना घाइते हुनु भएको छ । यसका पछाडि कही न कही कमजोरी भएको छ ।’उनले यातायाता व्यवसारीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई जिम्मेवारीपूर्कक काम गर्ने निर्देशन समेत दिए । ‘दुर्घटना एकदमै बढ्यो । यो भएन । सडक सुरक्षा परिषद, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु । आगामी २-३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ । मलाई परिणाम चाहिन्छ ’उनले भने ।

छलफलमा गृहमन्त्री लेखकले घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाड पर्वमा विशेष व्यवस्था मिलाउन निर्देशन दिए । ‘काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्रीबसमा दुई जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ । एक महिना पहिला चाड पर्वको तयारी गर्दा नागरिकलाई राम्रो सेवा दिन सकिन्छ,’उनले भने । सरकार र निजी क्षेत्रका मान्छे बसेर आपसमा समन्वय गरी सेवा प्रवाह प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन छ । ‘आजको २० दिनपछि चाड पर्वका लागि टिकट काट्ने व्यवस्था मिलाउनुहोस् । एक दिनमा कति बस काठमाडौं बाहिर पठाउन सकिन्छ ? कसरी व्यवस्थित गर्न सकिन्छ ? चाड पर्व भरी यो कुरा गर्न जरुरी छ ।सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस् । यो पालिको दसैंमा दुर्घटनारहित बनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्