काभा महिला नेसन्स लिगमा पदक जित्न सफल खेलाडीहरु नगदसहित सम्मानित

<span class='c1'>काभा महिला नेसन्स लिगमा पदक</span> <span class='c2'>जित्न सफल खेलाडीहरु नगदसहित सम्मानित</span>

काठमाडौं । सरकारले काभा महिला भलिबल नेसन्स लिनमा उपविजेता बन्दै पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षकहरु, व्यवस्थापक र फिजियोथेरापिस्टलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

गत साउन ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो ।

सरकारले १४ जना खेलाडीहरुलाई जनही तीन लाख, मुख्य प्रशिषक जगदिश प्रशाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादवलाई एक लाख २०हजार र फिजियो थेरापिस्ट लोकन्द्र कुँवरलाई पनि एक लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा प्रगति नाथ, सरस्वति चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरति सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्तिकला तामाङ, कामना विष्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्