कतै सेटिङमा जहाज ग्राउन्डेड गराइएको त होइन ? : सांसद झा

<span class='c1'>कतै सेटिङमा जहाज ग्राउन्डेड गराइएको त</span> <span class='c2'>होइन ? : सांसद झा</span>

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी व्यहोरेको छ । कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तराष्ट्रिय अन्य कम्पनीहरुले सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्याएको त होइन ?’ साथै जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर प्रश्न गरे । उनले राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड घाटा भएको भन्दै चिन्ता व्यक्त गरका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्