गण्डकी प्रदेशमा सरकार गठनको सहमति

<span class='c1'>गण्डकी प्रदेशमा सरकार</span> <span class='c2'>गठनको सहमति</span>

पोखरा । गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको छ ।

लामो रस्साकस्सी र आन्तरिक खिचातानीकाबीच गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको हो ।

गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने गरी एमाले र नेपाली कांग्रेसबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट चार जना मन्त्री बन्ने छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या नौं भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र जितेका राजीव गुरुङ (दीपक मनाङे)को मन्त्री पद भने कायमै रहनेछ ।
कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले यही सहमति बमोजिम अबको २/४ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भैइरहेको जानकारी दिए ।
नौ मन्त्रालयमा सहमति भएसँगै अब सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने योजना छ ।

अहिले कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ छन् । फणीन्द्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक मन्त्री छन् । फणीन्द्रको मन्त्रालय यथावत राखेर मनाङेको भौतिक पूर्वाधार मन्त्रालयसहित लिएर एमाले सरकारमा जाने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्