विराटनगरका विद्यालयमा हुँदैन पीउने पानीको परीक्षण

<span class='c1'>विराटनगरका विद्यालयमा हुँदैन</span> <span class='c2'>पीउने पानीको परीक्षण</span>

इन्दु साह
विराटनगर । विराटनगरका विद्यालयका विद्यार्थीहरूले पीउने पानीको गुणस्तर मापन हुने नगरेको पाइएको छ। यसले गर्दा विद्यार्थीहरूले कस्तो पानी पीउँदै छन् भन्ने कुरा अज्ञात रहेको छ । जसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने स्वास्थ्य क्षेत्रका बिज्ञहरुको भनाई छ।

महानगरका संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुले दैनिक पीउने गरेको पानीको परीक्षण गर्न आवश्यक छ । अझ विराटनगरमा अहिले वर्षातको समयमा विभिन्न स्थानमा पानीका पाईप लिकेज भएर पानी दुषित हुनसक्ने संभावना धेरै छ । त्यसले गर्दा विद्यालयहरूले नियमित रूपमा पानीको गुणस्तर परीक्षण गर्नुपर्ने हो । यसो नगर्दा विद्यार्थीहरू दुषित पानी पीउन बाध्य हुन सक्छन् । जसले उनीहरूलाई विभिन्न रोगहरूको जोखिममा पार्न सक्छ । पीउने पानी बालबालिकाहरूको स्वास्थ्य र विकासको लागि अत्यन्त महत्त्वपूर्ण छ ।

दुषित पानीले झाडापखाला, हैजा, टाइफाइड, क्यान्सर जस्ता रोगहरू निम्त्याउन सक्ने महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले बताए । उनका अनुसार विद्यालयहरुले कम्तिमा पनि ३ महिनाको अन्तारालमा पानीको सुद्धता जाँच गर्नु उपयुक्त हुन्छ । साथै लामो समयसम्म अशुद्ध पानी सेवन गर्दा मृगौला र कलेजोमा समेत असर पर्न सक्छ।

विद्यालयका प्राध्यापकहरुले भने फिल्टर र चापाकलको पानी पिउने भएकोले परीक्षणको आवश्यकता महसुस नगरेको बताए । बच्चाहरू दिनभर विद्यालयमा रहन्छन् र त्यहाँको पानी पिउने गरेको उनीहरु बताउँछन् । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकारीहरुले विद्यालयले आवश्यकता महशुस भए परीक्षण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्