विदेशिएका युवालाई फर्काउनु पर्ने बेला आएको छः मन्त्री भण्डारी

<span class='c1'>विदेशिएका युवालाई फर्काउनु पर्ने बेला</span> <span class='c2'>आएको छः मन्त्री भण्डारी</span>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशिएका युवाहरुलाई फर्काउने बेला भएको बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघको २८औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताएका हुन् ।

उनले भने, ‘अरु देशले नेपालमा सम्भावना देख्ने अनि हामीले अन्यत्र सम्भावना देख्ने अवस्था कहिलेसम्म रहन्छ ? अब हाम्रा दक्ष जनशक्तिलाई नेपालमै श्रम र रोजगारीको वातावरण श्रृजना गर्नुपर्छ ।सरकार प्रतिवद्ध भएर लागेको छ । मन्त्रालयले स्टार्टअप नेशन २०३० लगायतका युवा लक्षित केहि कार्यक्रम ल्याएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने भूमिका शैक्षिक जगतका व्यक्तिहरुको पनि हो ।’

मन्त्री भण्डारीले नेपाल शैक्षिक केन्द्रको हव बन्न सक्ने भन्दै उत्पादन र उत्पादकत्वलाई विश्व बजारमा निर्यात गर्नुपर्ने बताए । नेपालका व्यवसायीले उत्पादन गरेका वस्तु खपतका लागि छिमेकी मुलुक भारत र चीनसँग सहकार्य गर्ने बताए । नयाँ सोच र चिन्तनहरुमा राज्यको सहयोग र समर्थन रहने मन्त्री भण्डारीको भनाई छ । सरकारले युवाहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताए ।

मन्त्री भण्डारीले लगानी सम्मेलनका क्रममा पूँजी र प्रविधि भित्र्याउने तयारी गरेको बताए । उनले ज्ञान सीप प्राप्त गरेका जनशक्तिहरुलाई नेपाल फर्काउने अभियानमा शैक्षिक परामर्श संघको भूमिका रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्