प्रचण्डको अभिव्यक्ति प्रति एमालेको आपत्ति

<span class='c1'>प्रचण्डको अभिव्यक्ति प्रति</span> <span class='c2'>एमालेको आपत्ति</span>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

बिहीबार पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घट्नासँग जोडेर अध्यक्ष प्रचण्डले विभिन्न आवेग पूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने,‘पछिल्लो समयमा समाजमा केही अराजकताको प्रवृति बढेको जस्तो भएको छ । विभिन्न देशका घट्नासँग जोडेर चर्चा परिचर्चा हुँदै गरेको र संसदमा रहेका कतिपय दलहरु खासगरी सत्ताबाट बाहिरिएसँगै बढि आवेगपूणर् टिप्पणीहरु र अभिव्यक्ति दिन थाल्नुभएकोप्रति पनि ध्यानाकर्षण भएको छ । यस्तो गैरजिम्मेवारी अभिव्यक्ति कसैले पनि दिनुहुन्न । त्यस्तो कुरामा बढवा दिनुहुँदैन् । यस विषयमा पनि बैठकले ध्यानाकर्षण गराएको छ ।’

अध्यक्ष प्रचण्डले श्रीलंका र बंगलादेशको घट्ना नेपालमा पनि दोहोरिन सक्ने अभिव्यक्ति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्