बस चालक भन्छन्–हाईवे सिटी सफारीको रुट हैन

<span class='c1'>बस चालक भन्छन्–हाईवे सिटी</span> <span class='c2'>सफारीको रुट हैन</span>

इन्दु साह
विराटनगर । विराटनगरमा कोशी राजमार्गमा सिटीसफारी चलाउन बिहीबारदेखि प्रतिबन्ध लगाइएको छ। यो निर्णयलाई विराटनगर बसपार्कमा भेटिएका सार्वजनिक यातायात अन्तर्गत बसका चालकहरुले भने सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसलाई सकारात्मक कदमको रूपमा लिनुपर्ने बस चालकहरुले प्रतिक्रिया दिदैं कार्यान्वयनमा कडाई गर्न सुझाव समेत दिएका छन् । छ लेन सडकमा सिटी सफारीको सञ्चालनले दुर्घटनाको जोखिम बढाउनुका साथै ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने देखिएको उनीहरुको भनाई छ ।

४५ वर्षीय जनक भण्डारी भन्छन् राजमार्गमा सिटी सफारीको सञ्चालनले समस्या पार्दछ । स्थानीय तहमा दर्ता भएर हाईवेमा ताँती लाग्ने सिटीलाई हटाउँदा सहज हुनेछ र दुर्घटनाको जोखिम पनि कम हुनेछ। यस्तै अर्का चालक सप्तराज शाक्यले पनि सफारीलाई छ लेनमा निषेध गरेको राम्रो भएपनि उनीहरुको दैनिक गरिखाने सहज वातावरण खोसिन नहुने बताए ।

माँ–दुर्गा बसका चालक ३६ वर्षीय मो.अहमदका अनुसार सिटी सफारीले हाईवेमा जथाभावी कुदाउने र दुर्घटना जोखिम रहेको थियो । सडक आफैं असुरक्षित नहुने तर त्यसमा सवारी चाप र गति मिलान हुनुपर्ने भएपनि पछिल्लो समय सिटीको संख्याले जाम बढ्ने गरेको बताए । अर्का बस चालक मिन कुमार क्षेष्ठले भने सिटी सफारी जथाभावी कुदाउने भएकोले हाईवेमा निषेध गरिने उचित भएको बताए ।

छ लेन सडकमा सिटी सफारीको सञ्चालनले ठूला सवारी साधनहरूलाई समस्या सिर्जना गरिरहेको हुन्छ । यसले ट्राफिक व्यवस्थापनमा नयाँ चुनौतीहरू उत्पन्न हुन्छ । सिटी सफारीको अनियन्त्रित सञ्चालनले दुर्घटनाको जोखिमको रुपमा रहेको बस चालकहरु बताउँछन् । सफारी चालकहरुले बारम्बार लेन परिवर्तन गर्छन् र अचानक रोकिन्छन्। यसले अन्य सवारीलाई जोखिममा पार्छ। सिटी सफारीहरू प्रायः निर्धारित गति सीमा नाघेर कुदाउने गरेको पाईन्छ । यात्रु चढाउने र ओराल्ने क्रममा जहाँतहीँ रोक्ने गर्छन् जसले अझ दुर्घटना निम्याउछ । लेन अनुशासन नमान्ने र ठूला सवारी साधनहरूलाई ओभरटेक गर्न खोज्दा कठिनाइ उत्पन गराउने गरेको उनीहरुको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्