मुख्य राजमार्गमा सिटी सफारी चलाउन नदिएको भन्दै सिटी चालक सडकमा

<span class='c1'>मुख्य राजमार्गमा सिटी सफारी चलाउन</span> <span class='c2'>नदिएको भन्दै सिटी चालक सडकमा</span>

प्रेम देवान
विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन नदिएको भन्दै विराटनगरका सिटी सफारी चालकहरुले आन्दोलन गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबार विराटनगरका दुई स्थानमा प्रदर्शन गरेका हुन् ।

सिटी सफारी चालकहरुले मुख्य राजर्मागमा सिटी सफारी चलाउन दिनुपर्ने भन्दै विराटनगर महानगरपालिकाको गेट अगाडी र बगरगाछी चोकमा भेला भएर केही बेर सडक अवरुद्ध गरेका थिए । सुरुमा विराटनगर महानगरपालिकाको अगाडी गेटमा मेनरोडको आवगमनलाई अवरोध गर्दै प्रदर्शन गरेका थिए । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउने तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । मुख्य राजमार्गमा चल्न नदिने हो भने आफुहरुलाई रोजगारी दिनुपर्ने कि त आफ्ना परिवारको पालनपोषण गर्नुपर्ने आवाज उठाएका थिए ।

यता विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले यहाँ आन्दोलन गरेर केही हुनेवाला छैन भन्दै आन्दोलनकारीलाई भनिरहेका थिए । हाम्रो काम भनेको महानगरभित्र चल्ने सिटी सफारी दर्ता भएका छन् कि छैनन् भन्ने हो । मुख्य राजमार्गमा प्रदेश सरकारको मातहतमा रहेका कारण आफुहरुको त्यहाँको जिम्मा नभएको समेत स्पष्ट पारे ।

त्यसपछि प्रदर्शनकारीहरु विराटनगरको बरगाछिमा गएका थिए । कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड सिटी सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिए । आफुहरुले मुख्य राजमार्गमा सिटी सफारी कुदाउन दिनुपर्ने माग सहित केही बेर सडक आवगमन ठप्प पारे । सो बाटो हुँदै हिड्ने सवारी चालकहरुले अवरोधका कारण केहीबेर कष्ट समेत भोग्नुपर्यो । सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको थियो । तर त्यसको भोली पल्ट नै विरोधमा सफारी चालक आन्दोलित भएका छन् । विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार भदौ १३ गतेदेखि विशेष योजना सहित सिटी सफारीमा नयाँ नियम लागू गरेको गरिएको हो । कोशी राजमार्ग अन्तर्गत रानी ढाटदेखी विराटनगर ढाट सम्म गुड्ने सिटी सफारी बिहीबारबाट पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिए । यता आन्दोलनकारीहरुले सडक नै अवरोध गरेर प्रदर्शन गरेपछि तत्कालका लागी नियम हटाइएको छ । भदौ १५ जिल्ला प्रशासन कार्यलयमा सर्वपक्षिय बैठक तथा छलफल गरेर राजमार्गमा चल्न दिनेकी नदिने भन्ने विषयमा ठोस निचोड आउने ट्राफिक प्रमुख सुमन न्यौपानेले जानकारी दिए ।

हुन त विराटनगरमा सिटी सफारीको संख्या दिनहुँ बढी रहेको छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेको जगजाहेर नै छ भन्दा फरक नपर्ला । तपाई घरदेखी बाहिर बजारमा निस्कनु भयो भने सबै भन्दा बढी सिटी रिक्शाको नै चाप देख्नुहुने छ । नपत्याए भोली एक पटक नोट गर्नुहोला ।

हुन त अहिले सिटी सफारी चालकहरुलाई आफुले ऋण काढेर किनेको सिटी निल्नुन ओकल्नु भएको छ । किनकी बजारमा यात्रुभन्दा बढी सिटी सफारी धेरै हुन थालेका छन् । जसले गर्दा यात्रु पाउन समेत छाडेका छन् । अहिले बजारमा पहिले भन्दा कम यात्रुहरु बोकेर हिडेको देख्न सकिन्छ । अन्तमा के पनि भन्न चाहान्छौ भने , जिल्ला प्रशासन कार्यलयमा सिटी सफारी चालकलाई पनि राहत हुने गरी र ट्राफिक व्यावस्थापनमा पनि अवरोध नहुने गरी छलफलले ठोस निर्णय निकालोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्