सुनसरीमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

<span class='c1'>सुनसरीमा चट्याङ लागेर एक</span> <span class='c2'>जनाको मृत्यु, एक घाइते</span>

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका-४ मा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका छन् ।

स्थानीय तजमुल मियाँका अनुसार, चट्याङ लागेर गम्भीर घाइते भएका अक्रम मियाँको न्युरो सप्तकोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।

यसै घटनामा अर्का स्थानीय हदिस मियाँ पनि चट्याङ लागेर घाइते भएका थिए । उनको न्युरो कोशी अस्पतालमा उपचार भएको र अहिले निको भएर घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बिहीबार माछा मार्ने क्रममा दुवै जनालाई चट्याङ लागेको थियो । घटनापछि दुवैलाई तत्काल सप्तकोशी न्युरो अस्पताल भोक्राहा नरसिंहमा उपचारका लागि भर्ना गरिएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्