सुन्दरहरैंचा । मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् ।
शनिबार साँझ ५ बजेतिर सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् ।
उनीहरू स्थानीय अर्जुन कार्कीको छोरी १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिका शुक्रबार बेलुकादेखि सम्पर्कबिहीन भएका थिए।
प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ।
घटना बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
फोटो :फाईल