बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

<span class='c1'>बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता</span> <span class='c2'>छ : गभर्नर अधिकारी</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रिती सायद इतिहासमै तल छौं । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’ साथै उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरु तल रहेको बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई अगाडि बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्