विराटनगर भन्सार कार्यालयबाट एक वर्षमा दुई हजार सात सय सिटी सफारी भित्रियो

<span class='c1'>विराटनगर भन्सार कार्यालयबाट एक वर्षमा दुई</span> <span class='c2'>हजार सात सय सिटी सफारी भित्रियो</span>

विराटनगर । शहरका सडकमा सिटीको चापले थेगिनसक्नु भएका बेला विराटनगर भन्सार कार्यालयबाट मात्रै एक आर्थिक वर्षमा दुई हजार ७०० को संख्यामा आयात भएको छ । विराटनगर भन्सार कार्यालयको आर्थिक वर्ष २०८०\२०८१ को तथ्यांक अनुसार दुई हजार ७०० थान फिटिङ भएका सिटी सफारी आयात भएको छ । त्यस बाहेक फिटिङ नभएकाको संखया समेत उतिकै रहेको छ । तीनपाङग्रे सवारी मात्रै २४ करोड ९२ लाखको एकवर्षमा भित्रिएको देखिन्छ । जसबाट नौ करोड राजस्व संकलन भएको हो ।

भन्सार विभागको तथ्यांक हेर्दा तीनपाङ्ग्रे विद्युतीय सवारी आयात पनि आठ ५०० तयारी अवस्थाका र दुई हजार ५०० थान फिटिङ नगरिएका तीनपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका छन् । एकवर्षको मात्रै यो तथ्यांकले सडकमा केहिवर्षपछि तीनपाङग्रेको साम्राज्य हावी हुने देखिन्छ । तीन पाङग्रे सवारी खरिद गर्नका लागि आपूर्तिकर्ता डिलरहरुलाई स्थानीय तहले सिफारिस दिनुपर्ने हुन्छ । डिलररले ल्याएको सवारी खरिद गर्नेले गरेपछि यातायात व्यवस्था कार्यालयमा गएर दर्ता हुन्छ । त्यसपछि पुनः स्थानीय तहमा यसको दर्ता हुने प्रक्रिया रहेको छ ।

विराटनगर महानगरपालिकामा दुई हजार सिटी सफारी अहिलेसम्म दर्ता छन् । दर्ता भएकाहरु मात्रै सडकमा छैनन् । महानगरपालिकाका नगर प्रहरी निरक्षिक राजन पौडेलले दैनिक सरदर दश हजारको संख्यामा सिटी सफारी गुड्ने गरेका छन् । यतिको संख्यामा रहेका सिटी सफारीले राजमार्ग, बजारका मुख्य सडकदेखि भित्रका सहायक तथा उपसहायक सबै सडक गुड्ने गरेका छन् । विराटनगर महानगरपालिका भित्रैका मात्रै नभई बाहिरबाट आउने सिटी सफारीहरुको संख्या समेत उतिकै छ । जुन स्थानीय तहमा दर्ता छन्, त्यहिं मात्रै सञ्चालन गर्ने हो भने पनि विराटनगरमा यसको चाप धेरै कम हुने अनुमान गरिएको छ । विराटनगर महानगरपालिकाले तीन हजार ५०० देखि चार हजारसम्मको संख्याका सिटी सफारीलाई दर्ता गर्ने योजना राखेको छ ।

विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार हालसम्म दुई हजारको संख्यामा दर्ता छन् । जसलाई प्राथमिकतामा राखेर सिटी सफारी दर्ता हुनेछन् । पुरानाको नविकरण पहिले गरेर मात्रै नयाँ दर्ता हुनेछ । संघीय सरकारको आर्थिक ऐनमा सिटी सफारी चालकलाई आयकर लिने प्रावधान समेटिएको छ । त्यहि कारणले अहिले सिटी सफारीको नविकरणमा उल्झन देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्