बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै बिजुली उत्पादन : मन्त्री तामाङ

<span class='c1'>बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै बिजुली</span> <span class='c2'>उत्पादन : मन्त्री तामाङ</span>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् ।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हुन्।

उनले भने, ‘बाह्रबिसे १०२ मेगावाट विद्युत, भोटेकोशी जलविद्युतको काम करिव एक महिनामा सिध्याउने र विजुली बाल्ने काम पूरा भएको छैन । करिब आठ महिना वितिसक्दा पनि वातावरण वा परिस्थिति नमिलेर केही ढिलाइ भएको छ । हामीले स्थलगत गएर अध्ययन गरिसकेका छौं । अब एक महिना अर्थात असोजभरीमा त्यहाँको १०२ मेगावाट विजुली उत्पादन गर्दैछौं ।’

साथै उनले मंसिर भरमा नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय अन्र्तगतसँगको सबै प्रक्रिया मिलाएर साँढे पाँच सय मेगावाट विद्युत बाल्न सफल हुने बताए । उनले छिटो भन्दा छिटो नेपालको हरेक कुनाकाप्चामा बत्ती बाल्ने निर्णय भएको बताए । कार्यक्रममा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राई, उर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललगायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्