‘नेपहपको श्रीपेच २’ मा विराटनगरका मनिष ढकाल उत्कृष्ट १६ मा, भोट गर्न आग्रह

<span class='c1'>‘नेपहपको श्रीपेच २’ मा विराटनगरका मनिष ढकाल</span> <span class='c2'>उत्कृष्ट १६ मा, भोट गर्न आग्रह</span>

विराटनगर । विराटनगरका युवा मनिष ढकाल चर्चित र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करणमा उत्कृष्ट १६ मा प्रवेश गरेका छन्।

विराटनगर बिजुली चौक निवासी ढकालले विभिन्न प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतियोगिताको भोटिङ राउण्डमा स्थान बनाउन सफल भएका हुन्।

ढकालले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो पक्षमा भोट गर्न आग्रह गरेका छन्। भोट गर्न चाहनेहरूले ओएसआर कनेक्ट एप डाउनलोड गरी, 'नेपहपको श्रीपेच' मा गई कन्टेस्टेन्ट नम्बर २० मा क्लिक गरेर ई-सेवा वा खल्ती एपमार्फत भोट गर्न सक्नेछन्।

प्रतियोगिताको विजेताले रु १० लाख नगद, विश्व भ्रमणको अवसर र विभिन्न ब्रान्ड इन्डोर्समेन्टहरू प्राप्त गर्नेछन्। उपविजेताले नगद पाँच लाख र विदेशमा प्रस्तुतिको अवसर पाउनेछन्। हालसम्म कार्यक्रमको अस्ट्रेलिया, अमेरिका र दुबई भ्रमण पनि निश्चित भइसकेको छ।
दामी मिडियाको प्रस्तुति रहेको यस कार्यक्रमको अवधारणा र डिजाइन सुदीप पोखरेलको हो भने कार्यकारी निर्माता रोशन कुमार श्रेष्ठ हुन्। निर्णायकहरूमा मानस घले, गिरीश खतिवडा र महेश तामाङ दोङ रहेका छन्। मेन्टरको रूपमा पहिलो सिजनका विजेता भाइबर साइमन, भ्योमा र याबी द गोट छन्। कार्यक्रमको निर्देशन निकेश खड्काले गर्दैछन्।

कार्यक्रम सञ्चालिका सुजता श्रेष्ठले निरन्तरता पाएकी छिन्। प्रसारण साझेदारको रूपमा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन र डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ।

उनलाई सहयोग गर्न यसरी गर्नुहोस् भोटः

१)ओएसआर कनेक्ट एप डाउनलोड गर्नुहोस् ।

२)‘नेपहपको श्रीपेच ’ मा जानुहोस्।

३)त्यसपछि कन्टेसटेड नम्बर २० मा गएर क्लिक गर्नुहोस्।

४)त्यसपछि ई-सेवा वा खल्ती एपमार्फत भोट गर्न सक्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्