सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक : मन्त्री गुरुङ

<span class='c1'>सार्वजनिक सेवा प्रसारणको नीति संशोधन</span> <span class='c2'>गर्न आवश्यक : मन्त्री गुरुङ</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा उनले नेपाल टेलिभिजनको आजसम्मको जे जस्तो गतिबिधि छ त्यसका सुधार नगरिकन उद्देश्य पूरा गर्न नसकिने बताए । उनले सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याए ।

उनले भने,‘नेपाल टेलिभिजनको आजसम्म जे जस्तो गतिबिधि छ । त्यसका सुधार नगरिकन उद्देश्य पनि पूरा गर्न नसकिने भयो । सार्वजनिक सेवा प्रसारणको नीतिको संशोधन गर्नुपर्ने छ । आधुनिक प्रविधिको विकास भइसक्यो त्यसैले यो त्यही अनुसार चल्न सक्नुप¥यो त्यसैले पनि यो संशोधनमा ल्याएको हो ।’ उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरु खोल्दा नितान्त सेवाको लागि मात्र खोलिएको भएपनि निजी क्षेत्रपनि समावेश भएसँगै प्रतिस्पर्धामा जान नसकेको बताए ।

सरकारी सेवाको लागि गठन गरेको संस्था राम्रोसँग सेवा पु¥याउन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने र व्यवसायीकताको पनि विकास गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्