औषधी व्यवस्था विभागद्धारा विराटनगरका फार्मेसीमा छड्के

<span class='c1'>औषधी व्यवस्था विभागद्धारा</span> <span class='c2'>विराटनगरका फार्मेसीमा छड्के</span>

विराटनगर । सेवाग्राहीको जनगुनासो आएपछि औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले औषधी पसलहरुको अनुगमन गरेको छ ।

औषधी व्यवस्था विभागको नेतृत्वमा आईतबार दिउँसो विराटनगरको न्यूरो हस्पिटल अगाडी रहेका करिब आधा दर्जन बढी औषधी पसलमा अनुगमनलाई निरन्तरता दिएको हो ।

हस्पिटल नजिकै रहेको दिलावर फार्मेसीमा औषधीको अनुचित प्रयोगको लागि ‘नेमाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि औषधी विभागले शिलबन्दी गरेको छ ।

डिडिए विराटनगरका फार्मेशी अधिकृत अनिल परियारको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा जटिल किसिमको कैफियत भेटेपछि शिलबन्दी गरिएको बताएका छन् । क्यान्सरका बिरामीले दु:खाई कम गर्न प्रयोग गरिने नेमाडोल दिलावर फार्मेशीले बिक्री वितरणको लागि राखिएको पाइएपछि शिलबन्दी गरेको जनाएको छ।

डिडिएले ट्रामाडोल हस्पिटल भित्रको फार्मेशीले त्यो पनि प्रत्येक बिरामीको रेकर्ड राखेर मात्रै बिक्री वितरण गरिनुपर्ने नियम लागू गरेको छ ।
दिलावरी फार्मेसीले भने चिकित्सकले बिरामीका लागि ‘प्रेस्किृप्सन’ मा लेखेर पठाएका कारण आफुरुले बिक्री गरेको बताएको छ ।

त्यसैगरी ज्ञानु फार्मेसीबाट पनि औषधी पसलले बिक्री गर्न नपाईने सेल डी थ्री न्युट्रेशन फुड बेचेका कारण आदा दर्जन न्युट्रेशन बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्