तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान स्वीकृत

<span class='c1'>तीन अर्ब ६७ करोड ४७</span> <span class='c2'>लाख बराबरको अनुदान स्वीकृत</span>

काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्ती भएका डिसीलाई सोमबार बिहान १०ः४५ बजे बोर्डमा पदभार ग्रहण तथा बधाई कार्यक्रम रहेको जनाएको हो ।

यस्तै बैठकले बहुक्षेत्रीय घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करीव तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ । साथै मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासीनी कन्सकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतीपूर्ति रकम उपलव्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्