राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन

<span class='c1'>राउण्ड टेबल नेपालको अध्यक्षमा</span> <span class='c2'>प्रवेश अग्रवाल चयन</span>

विराटनगर भाद्र १७ ,  राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन भएका छन् ।
बिर्तामोडस्थित होटल मेची क्राऊनमा गत शनीवार सम्पन्न २४ औं वर्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । त्यसैगरि टेबलको उपाध्यक्षमा सुमित मित्तल, सचिवमा मनिष लाथ, कोषाध्यक्षमा अंिकत अग्रवाल र सम्पादकमा दिपेश खेतान चयन भएका हुन् । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसंगै लेखा परिक्षकको प्रतिवेदनसमेत पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको हो। जसमा, निर्वतमान अध्यक्ष नितेशकुमार अग्रवाल पनि रहेकाछन् ।

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था भएको बताउँदै अध्यक्ष अग्रवालले संस्थाको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ रहेको जानकारी दिए । यस संस्थाले आफ्नो उदेश्य पुरा गर्नका लागि समाजका विभिन्न समस्याहरुको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरुलाई स्थानीय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तररुपमा इम्प्रुभ गर्ने प्रयास गर्दै आएको उनले बताए ।
त्यसैग्रि, राउण्ड टेबल नेपाल विगत २४ वर्षदेखि मुलुकभर विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शैक्षिक क्षेत्र, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा अग्रसर भई काम गर्दै आइरहेको छ ।

नयाँ कार्य समितिले राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरु अन्तर्गत विद्यालयको स्तरउन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रबृत्ति कार्यक्रम, तथा १ देश १ लाख विरुवाको नारालाई समेत निरन्तरता दिने जनाएको छ।
यसका साथै आफ्ना सदस्यका लागि विभिन्न तालिम तथा गोष्ठीको आयोजना गरी सदस्यहरुको सीप विकासका साथै सदस्यबीचको सम्बन्ध थप सुदृढ गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्