शौचालयको दुर्गन्ध सिडिओ कार्यालय मोरङमा हरर…

<span class='c1'>शौचालयको दुर्गन्ध सिडिओ</span> <span class='c2'>कार्यालय मोरङमा हरर…</span>

इन्दु साह
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा जो कोही सेवा लिन पुग्यो भने नाक र मुख नछोपी जान सक्ने अवस्था नै छैन ।

यसको एउटै कारण हो कार्यालयको मुख्य भवन भित्र रहेको शौचालयको दुर्गन्ध । भवन भित्र पस्न साथ वान्ता नै हुनेगरी त्यहाँको गन्धले सेवाग्राहीलाई सताउने गर्छ । यसले गर्दा कार्यालयमा सेवा लिन आउने सेवाग्राही वाक्क दिक्क भईसकेका छन् ।

सेवा लिन आएका सेवाग्राही उक्त कार्यालय भित्र दुर्गन्धले बस्न नसक्ने स्थित नभएर बाहिर घाममा बस्नु परेको बताउँछन् । ईटहरीबाट राष्ट्रिय परिचयपत्र बनाउन आएकी ३२ वर्षीया सीता दास भन्छिन् जिल्ला प्रशासन कार्यालय नै यस्तो दुर्गन्ध आउँदो रहेछ ।

एकैछिन बस्न सक्ने स्थित छैन, काम विशेषले बस्नु परेको छ बिरामी भईएला जस्तो महसुस गर्दैछु । यस्तै अन्य सेवाग्राहीले समेत दुर्गन्धले कार्यालय भित्र प्रतिक्षा गर्न समस्या भएको बताएका छन् ।

सेवा लिन आएका प्रत्येकले मुखमा माक्स लगाए कै हुन्छन् ।

यता जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले दैनिक सफा गर्ने गरेको दाबी गरे ।

महिला पुरुषको लागि छुटाछुटै शौचालय भएपनि दैनिक सयौंको संख्यामा सेवाग्राही आउने गरेका कारण शौचालय दुर्गन्धीत हुने गरेको रेग्मीको भनाई छ । सेवाग्राहीको भिडभाड हुने कार्यालयमा यसरी दुर्गन्ध फैलदा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने त्यहाँ आएका सेवाग्राहीहरुको गुनासो छ ।

कार्यालयले एक पटक मात्र नभएर कम्तिमा २ देखी ३ पटकसम्म शौचालयमा विभिन्न किटनाशक केमिकल प्रयोग गरी सरसफाई गर्नुपर्ने उपयुक्त देखिन्छ । तर जिल्ला प्रशासन कार्यालयमा कामको लागि मात्र एक दिन सफाई गर्ने गरेका कारण यस्तो अवस्था आएको भन्न सकिन्न ।

यता कार्यालयहरुको भुई तल्लादेखि माथिल्लो तल्लासम्मका सबै शौचालयबाट दुर्गन्ध फौलिने गरेको छ । शौचालयबाट निस्कने दुर्गन्धले कार्यालय परीसर नै दुगन्धित बनाएको छ । स्वास्थ्य तथा सरसफाईमा प्रशासनले गम्भिर चासो नदिएका कारण दैनिक सेवाग्राही दुर्गन्धको शिकार बनिरहेका छन् ।

नागरिकहरुको आधारभूत सेवा प्रदायक संस्था जिल्ला प्रशासन कार्यालयमा यस्ता समस्या देखिनु चिन्ताको विषय हो । त्यसैले यस्ता कुरामा जिल्ला प्रशासनले बेलैमा ध्यान दिनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्