सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ : सांसद परियार

<span class='c1'>सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको</span> <span class='c2'>छ : सांसद परियार</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले दुख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् ।

सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अल्मलि रहेको बताएका हुन् ।

उनले भने, ‘हामिले यत्रो क्रान्ती र दुख गरेर व्यवस्था ल्याएका छौं, त्यो व्यवस्थाजन्य गर्नुपर्ने कुरालाई कुनै पनि सरकार खासै इच्छुक देखिँदैन, सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ , कानून बनेका छैनन्, निर्देशन गरेको नीति अनुसारका काम बनेका छैनन् , कार्यक्रमहरु ल्याइएको छैन ।’

उनले संविधानले कल्पना गरेका दायित्वहरु राज्यले पूरा नगरेको भन्दै सरकार गलत बाटोमा मात्र गैइरहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्