कटहरीमा जग्गा विवाद : लिखलाखको जग्गा आफ्नो दावी गरेर बाटो छेक्न खोजेको आरोप

<span class='c1'>कटहरीमा जग्गा विवाद : लिखलाखको जग्गा आफ्नो</span> <span class='c2'>दावी गरेर बाटो छेक्न खोजेको आरोप</span>

विराटनगर । कटहरी गाउँपालिका ४ (साविक ७) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ को सार्वजानिक जग्गा आफ्नो भोगचलन दावी गलत रहेको अर्को पक्षको भनाई छ । ।

आवर विराटनगरले 'घर भएको जग्गा अर्कैको नाममा, जसको ५० बिघा छ उसैलाई चाहियो ऐलानी' शिर्षकमा  आइतबार प्रकाशित गरेको समाचारमा पीडक भनेर उल्लेखित व्यक्तिहरुले समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनीहरुका अनुसार उक्त कित्ता नम्बर ७६ को जग्गा बाटोसँग जोडिएको सार्वजानिक हो । जसले बाटो र व्यक्तिको जग्गा छुट्याएको छ । २६५ बर्गमिटर जग्गा आफ्नो भोगचलनमा रहेको तर अन्य तीनजना व्यक्तिले कित्ताकाट गराएर निजी बनाएको जगन रायको दावी गलत रहेको स्थानीय राम बिलास कामतले बताएका छन् । गलत मनसाय राखेर कित्ता नम्बर १३४ मा रहेको ००–२०–०० क्षेत्रफल जग्गा आफ्नो बुबा राजेन्द्र कामतले लिएको आरोप मिथ्या भएको छोरा राम बिलासले दावी गरेका हुन् ।

जगन रायले नेपाल पत्रकार महासंघ मोरङमा आइतबार पत्रकार सम्मेलन गरेर ७५ वर्षदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गा सँधियारले आफ्नो नाममा पारेपछि बिचल्ली भएको गुनासो गरेका थिए । तर, पीडित रायले भनेको उक्त जग्गा सार्वजानिक गरिपाउँ भनेर जिल्ला, पुनरावेदन र सर्वोच्चमा दायर गरेको रिटमा तीनवटै अदालतको पैmसलाले बाटो रहेको जग्गा माग दावी अनुसार सार्वजानिक भनि रहनु नपर्ने फैसला सुनाइसकेको देखिएको छ ।

जगनकी श्रीमती सुजान देवी राय वादी भएको बाटो निकास खुलाई पाउँ मुद्दामा मोरङ जिल्ला अदालतले २०७७\८\९, उत्च अदालत विराटनगरबाट २०७९\५\१९ मा भएको फैसला बमोजिम बाटो कायम गरिएको छ । रायले भने अनुसार नै बाटो कायम भएपनि उनले विराटनगरवासी कोइराला, राजेन्द्र र रामप्रसाद कामतले आफुले भोगचलन गर्दै आएको जग्गा सँधियारले व्यक्तिगत बनाएको आरोप लगाएका थिए । तर, तीनैजना सँधियारको लिखलाखमा रहेको जग्गालाई रायले दावी गरेको देखिन्छ । रायले दावी गरे अनुसार उनी सुकुम्वासी समेत नरहेको स्थानीय रामबिलासको भनाई छ ।  उनले दावी गरेको कित्ता नम्बर ७६ को ऐलानी जग्गासँगै कित्ता नम्बर ७५ मा उनको श्रीमतीको नाममा निजी जग्गा रहेको बताइन्छ । जसमा उनको घर रहेको छ । रायलाई सिर्जना कोइरालाले आफ्नो जग्गा रेखदेख गर्नका लागि दिएकी थिइन् । त्यसैबेला उनले ७६ नम्बर कित्ताको जग्गमा आँखा लगाएका थिए । जुन जग्गा कोइराला र दुई कामत परिवारको जग्गाको लिखलाखमा रहेको छ ।

उक्त  कित्ता नम्बर ७६ को २६५ बर्गमिटर जग्गा १३४, १३५ र १३६ नम्बरमा कित्ताकाट भएको छ । जसमध्ये १३६ कित्तामा २४० बर्गमिटर, कित्ता नम्बर १३४ मा ००२०–०० बर्गमिटर राजेन्द्र कामत र कित्ता नम्बर १३५ मा ०००५०–०० वर्गमिटर जग्गा रामप्रसाद कामतको जग्गासँग लिखलाखमा रहेको छ । रायले अर्काको  लिखलाखमा भएको जग्गा आफूले भोगचलन गर्दै आएको भनेर दावी गरेको आरोप छ । यद्यपी उनले अदालतमा उक्त जग्गालाई सार्वजानिक कायम गरियोस् भनेर दायर गरेको मुद्दामा तीन तहकै अदालतले सार्वजानिक बाटो देखिएकोले पुनः सार्वजानिक गरिरहनु नपर्ने फैसला गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्