विराटनगरमा सिटी यात्राका क्रममा अ*श्ली*ल क्रियाकलाप गर्ने युवकलाई तत्काल पक्राउ गर्न कानुन विद्यार्थीको माग

<span class='c1'>विराटनगरमा सिटी यात्राका क्रममा अ*श्ली*ल क्रियाकलाप गर्ने</span> <span class='c2'>युवकलाई तत्काल पक्राउ गर्न कानुन विद्यार्थीको माग</span>

इन्दु साह
विराटनगर । विराटनगरका कानुनका विद्यार्थीहरुको संघ (लुक्ला) नेपालले सार्वजनिक स्थानमा अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेको छ । लुक्ला नेपालले घटनाप्रति ध्यान आकार्षण गराउँदै जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङलाई ज्ञापनपत्र बुझाएको हो ।

संघका अनुसार भदौ ११ गते विराटनगरको शनि मन्दिरदेखि बरगाछीसम्मको क्षेत्रमा एक सिटी सफारीमा यात्रा गरिरहेका दुई किशोरी सवार सिटी सफारी एक युवकले अश्लील हर्कत गरेका थिए । सार्वजनिक स्थलमा यस्तो घटना घटाउन नहुने र यस्तो घटना घटाउनेलाई कानुनको दायरमा ल्याउनु पर्ने संघको माग रहेको छ ।

यस्तो अश्लील र आपत्तिजनक क्रियाकलापले समाजमा नैतिक मूल्य र शान्ति भंग गर्न सक्ने खतरा उत्पन्न भएको लुक्ला नेपालका अध्यक्ष कौशल कुशवाहले बताए। उक्त घटनाले स्थानीय जनमानसमा भय, असुरक्षा र असहजताको वातावरण सिर्जना गरेको छ। संघले मुलुकी अपराध संहिता २०७४ को दफा १२२, १२३ र १२४ को उल्लंघन भएको जनाउँदै, घटना घटाउने ती युवा विरुद्ध कानुनी कारबाही अघि बढाउन माग गरेको छ । उक्त दफाहरूले क्रमशः सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने, यौन क्रिया गर्न नहुने र कसैलाई यौन दुर्व्यवहार गर्न नहुने व्यवस्था गरेका छन्।

ती युवकको पहिचान भईसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । संघले सार्वजनिक स्थलहरूमा शान्ति र सुव्यवस्था कायम राख्न प्रशासनले आवश्यक कदम चाल्नुपर्ने आग्रह गरेको छ।
यस घटनाले स्थानीय जनमानसमा भय, असुरक्षा र असहजत्ता को वातावरण सिर्जना गरेको लुक्लाको भनाई छ। सार्वजनिक स्थलहरुमा यस्तो गैरकानुनी गतिविधी हुनु अत्यन्तै निन्दनीय छ र यसमा तुरुन्तै कारबाही गरिनु आवश्यक रहेको उनीहरुको माग छ। मुलुकी अपराध संहिता २०७४ को दफा १२२, १२३ र १२४ मा कमशः सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने, सार्वजनिक स्थानमा यौनक्रिया गर्न नहुने र कसैलाई यौन दुर्व्यवहार गर्न नहुने कानुन छ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई यस विषयमा चासो राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्