दिउँसै बन्द विराटनगर–१६ वडा कार्यालय : दर खाने रहरले सेवाग्राहीलाई हैरान

<span class='c1'>दिउँसै बन्द विराटनगर–१६ वडा कार्यालय :</span> <span class='c2'>दर खाने रहरले सेवाग्राहीलाई हैरान</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ को कार्यालयमा मंगलबार दिउँसो ८० वर्षीय जयराम मण्डल सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पुगे । जिल्ला प्रशासन कार्यालय मोरङबाट फर्केर दिउँसो १ः३० बजे पुग्दा वडा कार्यालय बन्द थियो ।

बिना सूचना वडा कार्यालय बन्द गरेर कर्मचारी र जनप्रतिनिधि तीजको दर कार्यक्रममा व्यस्त भएपछि सेवाग्राही त्यसै फर्कनु परेको हो । वडाबाट गर्ने दैनिक कार्यहरु बन्द गरेर तीजको दरमा रमाउँन गएपछि सेवाग्राही भने त्यसै फर्किएका थिए । विशेष कामका लागि वडा कार्यालय पुगेका धेरै नागरिकहरू त्यसै फर्किएको बताउँछन् । तर, वडा कार्यालय के कारण बन्द भएको हो भन्ने कुरा पनि थाहा पाउन नपाएको बताए ।

तीज आउन केहिदिन मात्र बाँकी रहेको छ । यसरी सूचना समेत टाँस नगरी नागरिकसँग जोडिएका कार्यालयहरु बन्द हुनुले धेरैलाई सास्ती बेहोर्नु परेको छ । एक सेवाग्राहीले भने महत्वपूणर् कागजात बनाउन आएको थिएँ, तर कार्यालय नै बन्द रहेछ । कुनै सूचना पनि टाँसिएको छैन। सेवा लिन गएका एक जेष्ठ नागरिकका अनुसार गर्मीमा जेनतेन कार्यालयसम्म आईपुग्दा काम नहुनु धेरै दुःख लाग्दो कुरा हो ।

वडा कार्यालय नै बन्द गरेर तीज खान जाने कर्मचारीहरुको व्यवहार प्रति कार्यालय परिसरमा भेटिएका सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा जनप्रतिनिधिहरू व्यक्तिगत कार्यक्रममा व्यस्त देखिएका हुन् ।

सो वडाका वडाअध्यक्ष उद्वव कुमार भुजेलले भने दिउँसो ३ः४० बजे एकछिनलाई कार्यालय बन्द गरिएको दावी गरे । तर, दिउँसो १ बजे वडाकार्यालय पुगेका सेवाग्राहिले भने कार्यालयमा ताला लागेको जानकारी दिएका थिए ।

कार्यालयका कर्मचारी भने विराटनगर १६ स्थित दुर्गा मन्दिरमा उक्त मन्दिरको समितिले आयोजना गरेको तीज विशेष कार्यक्रममा पुगेका थिए । वडा अध्यक्षले भने कर्मचारीहरु दर कार्याक्रमबाट केहि समयमै पुन कार्यालयमा उपस्थित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्