किसान सूचीकरणको काम यसै वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री अधिकारी

<span class='c1'>किसान सूचीकरणको काम यसै वर्षभित्र</span> <span class='c2'>सम्पन्न हुन्छ : मन्त्री अधिकारी</span>

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् । उनले सूचिकरण वर्गीकरण गर्दै वितरणको प्रकृया पनि सुरु गर्ने उद्देश्य राखेकोे भन्दै त्यसमा सबै प्रदेशको र पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी रहेको बताए ।

उनले भने,‘किसान सूचिकरणका सन्दर्भमा हामीले यसै वर्षभित्र सक्ने उद्देश्य बोकेका छौं । त्यति मात्र होईन यसै वर्ष हामीले सूचिकरण वर्गिकरण गर्दै हामीले कम्तिमा वितरणको प्रकृया पनि सुरु गरौं भन्ने उद्देश्य राखेका छौं । यसमा सबै प्रदेशको तर्फबाट र सबै पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी मैले महशुस गरेको छु ।’

उनले बाली बीमाका सन्दर्भमा प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको जानकारी गराए । अनुदानको विषयमा कृषि मन्त्रालयलाई धेरै आरोपहरु लाग्ने गरेको भन्दै पालिका र प्रदेश तहसँगको समन्वयमा संयन्त्र बनाएर अनुदानको व्यवस्था गर्ने सोच अगाडि सारेको पनि उनले बताए । उनले भने,‘बाली बीमाका सन्दर्भमा हामीले प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको छ । अनुदानको विषयमा कृषि मन्त्रालयलाई लाग्दै आएका आरोपहरु छन् । यसमा पालिका तह र प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर त्यो अनुदानको व्यवस्था गर्न ठिक होला कि भन्ने सोच पनि हामीले अगाडि बढाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्