दुई ठुला दलहरु देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएका हौं : गृहमन्त्री लेखक

<span class='c1'>दुई ठुला दलहरु देशको विशष्टि कार्यभार सम्हाल्न</span> <span class='c2'>एक ठाउँमा उभिएका हौं : गृहमन्त्री लेखक</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।

बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै उनले प्रहरीकोे सुविधासम्पन्न भवन निमाणर्ले नागरिकलाई सेवा प्रदान सहज हुने बताए ।

उनले भने,‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ । नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।’उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने धारण व्यक्त गरे । पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको उनको भनाई थियो ।

त्यसैगरि कार्यक्रममा बोल्दै उनले संसदमा भएका दुई ठुला दलहरु बीत सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए ।
‘दुई दल बिच सात वुदे सहमति भएर सरकार निमाणर् भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौ शसत्रद्धन्द्धलाई शान्तीमा ल्यायौ।’उनले भने । उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठुला दलहरु मिलेर देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए ।

उनले एमाले र कांग्रेसबिच भएको सातवुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गरे । उक्त समारोहमा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले सम्पूणर् नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । उनले भने,‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन । प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्