विराटनगरमा चाडपर्वमा अस्थायी गेट, मन्दिर र पण्डाल बनाउँदा सडक छेक्न नपाईने

<span class='c1'>विराटनगरमा चाडपर्वमा अस्थायी गेट, मन्दिर र</span> <span class='c2'>पण्डाल बनाउँदा सडक छेक्न नपाईने</span>

विराटनगर । विराटनगर महानगरपालिकाले दशैंm तिहार र छैठ पर्वका अवसरमा निर्माण गरिने अस्थायी गेट, मन्दिर र पण्डाल निर्माण गर्दा सडक, सडक पेटी तथा सार्वजानिक स्थलहरुमा अवरुद्ध हुने गरी निर्माण गर्न नपाइने भएको छ । सडक, सडक पेटी तथा सार्वजानिक स्थलमा यस्ता संरचना निर्माण गर्दा अत्यावश्यक सेवाका सवारी साधन दमकल, एम्बुलेन्स, प्रहरीको सवारी आवातजावतमा समस्या पर्दै आएकोले नयाँ नियम लगाइएको हो ।

महानगरपालिकाले चाडपर्वमा बनाउने अस्थायी गेट, मन्दिर तथा पण्डाल निर्माण गर्न पूर्व स्वीकृती लिन समेत आग्रह गरेको छ । त्यसका लागि नगर प्रहरीबाट अनिवार्य स्वीकृत लिनुपर्ने महानगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार गतवर्ष चाडपर्वमा बनाएका कतिपय अस्थायी संरचनाले दमकल, एम्बुलेन्स तथा प्रहरीको सवारीलाई अवरोध गरेका कारण बीचमै भत्काउनु पर्ने स्थिति आएको थियो । सडक, सडक पेटी तथा सार्वजानिकस्थलमा गेट, मन्दिर र पण्डाल बनाउँदा सर्वसाधारणलाई समेत हिँडडुलमा समस्या पर्ने गरेको गुनासो महानगरपालिकामा विगतका वर्षमा जाने गरेको दावी छ ।

नगर प्रहरी निरीक्षक पौडेलले भने–यदि कुनै कारणले आगलागी भईहाले एकै पटक दमकल, एम्बुलेन्स र प्रहरीको सवारी घटनास्थलमा पुग्नुपर्छ, त्यस्तो बेला अस्थायी संरचना बाधक भए क्षति बढ्छ । उनका अनुसार यी सबै कुराको मध्यनजर गरेर कहाँ बनाउन मिल्ने, कहाँ नमिल्ने भनेर स्वीकृत दिन लागिएको हो । अर्को कुरा निर्माण गर्नेले गरिहाल्ने तर त्यसबाट उत्पन्न फोहोर सडकमै छोड्ने प्रवृत्तिले त्यसपछिका दिनमा सफाई मजदुरलाई चाडपर्व समेत नभनी खटाउनु पर्ने स्थिति रहँदै आएको छ । त्यसलाई समेत मध्यनजर गरेर महानगरपालिकाले यस पटकदेखि स्वीकृत लिनुपर्ने नियम लगाएको हो । यस पटक महानगरपालिकाले रथयात्राका क्रममा सर्वत तथा पानी वितरण गर्ने संघसंस्थालाई समेत सूचिकृत हुन आग्रह गरेको थियो । जसले गर्दा रथयात्रा सकिएपछि फोहोर समेत तत्काल संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्