विराटनगर रानीको एक नम्बर ढाटमा मोटरसाईकल ठोकिएर एक जना युवकको मृत्यु

<span class='c1'>विराटनगर रानीको एक नम्बर ढाटमा मोटरसाईकल</span> <span class='c2'>ठोकिएर एक जना युवकको मृत्यु</span>

विराटनगर । तिव्र गतिको मोटरसाइकल विराटनगर रानीस्थित एक नम्बर ढाटमा ठोकिदाँ एकजना युवकको मृत्यु भएको छ । ढाटमा मोटरसाइकल ठोकिएर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगर–१ परोपकार घाट विजयपुर टोलका २० वर्षीय शुसिल कामत सवार को २१ म ८९६२ नम्बरको मोटरसाइकल सीमा प्रहरी चौकी रानी अगाडीको एक नम्बर ढाटको बेरियरमा ठोकिएको थियो।

बुधबार बिहान करिब १ः१५ बजेतिर भट्टीमोडबाट रानी जोगबनीतर्फ जाने क्रममा सडकमा लगाएको ढाटमा मोटरसाइकल ठोकिएपछि गम्भीर घाईते कामतलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार उनको मोटरसाइकल तिव्र गतिमा रहेको थियो । जसका कारण फलामको बेरियर नै बाङ्गीएको छ । स्थानीयवासीका अनुसार मोटरसाइकल ढाटमा ठोकिदाँ बम पड्कीए जस्तो आवाज आएको थियो । त्यसपछि ऐया भन्ने आवाज आएपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरीले उनलाई रिसिभ गरेका थिए ।

ढाटमा ठोकिएको मोटरसाइकल ३० मिटरपर उछिट्टीएको प्रत्यक्षदर्शी सशस्त्रका एक प्रहरीले जानकारी दिए । उनका अनुसार दुर्घटनापछि सीमा प्रहरी चौकी रानीको टोलिले उद्धार गरेर उपचारका लागि गाडीमा पठाएको थियो । उनले अत्याधिक मादक पदार्थ पीएको प्रहरीको दावी छ ।

मोरङ प्रहरी प्रवक्ता बस्नेतले अत्याधिक रक्सी पीएर मातमा रहेका बेला मोटरसाइकलको गति तिव्र भएकोले ढाटमा ठोकिन पुगेको प्रारम्भिक घटना क्रम केलाउँदा देखिएको छ । यद्यपी विराटनगर १ घर भएका व्यक्ति रातको समयमा घर आउनुपर्नेमा किन बोर्डरतिर गए भन्ने कुरामाथि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्