भक्त बहादुर राना मगरलाई श्रदाञ्जली दिँदै अध्यक्ष दाहालले भने उहाँ देशप्रति समर्पित हुनुहुन्थ्यो

<span class='c1'>भक्त बहादुर राना मगरलाई श्रदाञ्जली दिँदै अध्यक्ष</span> <span class='c2'>दाहालले भने उहाँ देशप्रति समर्पित हुनुहुन्थ्यो</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) भक्त बहादुर राना मगरसँग आफ्नो भावनात्मक र अनुकरणीय सम्बन्ध भएको बताएका छन् ।

बुधबार कमरेड भक्त बहादुर राना मगरको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले मगरको लगाव पार्टीमा सबैभन्दा बढि रहेको बताए ।

उनले भने, ‘भक्त बहादुर राना मगरसँग भावनात्मक, अनुकरणीय सम्बन्ध जोडिन पुग्यो , खासगरी मैले उहाँको पार्टीमा लगाव, पार्टीप्रतिको विश्वास र निष्ठा मैले अन्य कमरेडहरुबाट पनि सुनेको थिएँ ।’ साथै उनले राना मगर पार्टीप्रति, आन्दोलनप्रति र देशप्रति समर्पित रहने एक योद्धा भएको बताए । उनले मित्र्यु शैय्यामा हुँदा पनि आफ्नो निष्ठा र कर्तव्य नभुलेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्