पाँच दिनपछि पक्राउ परेकी अस्मिताले भनिन्–बाध्यताले घटना घटाँए

<span class='c1'>पाँच दिनपछि पक्राउ परेकी</span> <span class='c2'>अस्मिताले भनिन्–बाध्यताले घटना घटाँए</span>

विराटनगर । श्रीमानले गाली गरेको आवेगमा आफ्ना दुई बच्चालाई विष सेवन गराई हत्या गरेर फरार मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको एभरेष्ट बैंकबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा बिहान ४ः३० बजे उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेकी उनलाई प्रहरीले सार्वजानिक गरेको छ । जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान सम्बन्धि कसुरमा उनी विरुद्ध अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएपछि प्रहरीले सार्वजानिक गरेको हो ।

सुन्दरहरैंचा–७ मालती टोलमा अस्मिता र अर्जुन कार्कीले नयाँ घर बनाईरहेका थिए । अर्जुन गाडीका चालक हुन् । उनी त्यहि दिन साँझ घर फर्केपछि अस्मितालाई बनिरहेको घरमा पानी किन नहालेको भनेर सोधपुछ गर्दा विवाद सिर्जना भएको थियो । त्यहि विवादपछि अस्मिताले आफ्ना दुई छोरी आईङ्का कार्की (१) र अर्पना कार्की (३) लाई काखी च्यापेर हिँडेकी थिइन् ।

त्यसको भोलिपल्ट दुई छोरी केराबगानमा मृत अवस्थामा फेला परेका थिए । नाबालिका मृत फेला परेको नजिकै सफाया भन्ने विषादीको बट्टा र अस्मिताको मोवाइल बरामद भएको थियो । पाँच दिनसम्म प्रहरीले छोरीहरुको हत्यापछि उनले पनि आत्माहत्या गरेको आशंका गर्दै खोज्ने काम गरेको थियो । तर, उनी बिर्तामोडमा हिँडिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेकी उनले श्रीमान अर्जुनको बारम्बारको टर्चर थाम्न नसकेपछि आफू मर्न चाहेको सुनाइन् । उनले आफु मरेपछि छोरीहरुको बिजोग हुने लागेर सँगै मर्नका यस्तो काम गरेको बताइन् । उनको दावी अनुसार पहिलो आफैं विष खाएपछि छोरीहरुलाई खुवाएकी थिइन् । ‘सँगै मर्न पहिला विष खाएको थिँए, पेट पोल्न थालेपछि छोरीहरुलाई खुवाँए’ उनले भनिन्–रात दिन काट्छु र मार्छु मात्रै भनेपछि बाध्यताले घटना घटाएँ ।

पक्राउपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा समेत उनले भदौ १४ गते नै छोरीहरुलाई विष खुवाएको बताएकी छिन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार उनी घरबाट हिँडेको कपडामै फेला परेकी छिन् । उनको अवस्था पक्राउ पर्दा भन्दा केहि सुधार भएको छ । अस्मिता बिरुद्ध आफ्ना श्रीमान् अर्जुनले ज्यान सम्बन्धि कसुरमा कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् । उनी भने आफ्ना दुई छोरीको अन्तिम काजकिरीजामा जुटेको प्रहरीले जानकारी दिइएको छ ।

श्रीमानले आफूले जति दुःख गरेपनि उनी काममा सहयोगी नबन्दा सामान्य विवाद हुने गरेको बताएका छन् । उनले प्रहरीसँग आफूले श्रीमती र छोरीहरुको मायाले नै त्यो दिन समेत माछा लिएर फर्केको तर फर्कदा घरमा पानी नहालेको विषय सोधपुछ गरेको उल्लेख गराएका छन् । प्रहरीले अस्मिताले कानुन बमोजिम श्रीमान्ले टर्चर दिएको विषय अहिलेसम्म कुनै पनि ठाउँमा जाहेरी वा निवेदन दिए नदिएको विषय बुझिने बताएको छ । यद्यपी उनीमाथि ज्यान सम्बन्धित कसुरको आरोप लागेकोले बाँकी कुरा मौन हुने देखिन्छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्