तडकभडक तरिकाले तीज नमनाउन महिला कर्मचारीहरुलाई मन्त्री काफ्लेको आग्रह

<span class='c1'>तडकभडक तरिकाले तीज नमनाउन महिला</span> <span class='c2'>कर्मचारीहरुलाई मन्त्री काफ्लेको आग्रह</span>

काठमाडौं । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन मन्त्रालयका महिला कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा महिला कर्मचारीहरुलाई लक्षित गर्दै मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री काफ्लेले अनुशासित ढंगले पर्व मनाउन आग्रह गरेका हुन् ।

‘विगतको तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, मन्त्री काफ्लेले भने, ’हाम्रो परम्परा जोगाउने हामीले नै हो । त्यसैले अर्थ मन्त्रालयको कर्मचारीले देशमा देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै अनुशासित र तडकभडक बिना तिज मनाउँदा सर्वसाधारणमा राम्रो सन्देश जान्छ ।’कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनाली, उपसचिव मौसम ढुंगेल, मन्त्रीका निजी सचिव अनुप अधिकारीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्