विराटनगरको हिमालय रोडमा ‘विराट सडक महोत्सव’ हुने

<span class='c1'>विराटनगरको हिमालय रोडमा ‘विराट</span> <span class='c2'>सडक महोत्सव’ हुने</span>

विराटनगर । मन्जिना मुभिज क्रिएसनले पुन यसपटक दशैंलाई लक्षित गरी विराटनगरमा ‘विराट सडक महोत्सव’ गर्ने भएको छ ।

मन्जिना मुभिज क्रिएसनले विराटनगरमा पत्रकार सम्मलेन गरी विराटनगरको हिमालय रोडमा आगामी असोज १७ गतेदेखी २३ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो ।

मन्जिना मुभिज क्रिएसनले विगत ४ बर्षदेखी विराटनगरमा विभिन्न जातिय परिकारका खानासँगै मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम समेत गर्दै आएको छ ।

मन्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारका अनुसार विराटनगर ९ स्थित हिमालय रोडमा विगतको बर्षहरु झै यसपटक पनि सडक खाना महोत्सव गरिन लागिएको हो । कार्यक्रममा विभिन्न जातिय परिकारका खानाको स्टलसँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थितीमा सांगीतिक कार्यक्रम समेत आयोजना हुने जनाइएको छ । कार्यक्रम दिउँसो २ बजेदेखी राती ९ बजे सम्म संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रमलाई भव्य र सव्य बनाउनको लागि विराटनगरका युवा शुभम न्यौपाने , करण जैन, तरस सुवेदी , हितेश धाडेवा लगायत अन्य टिमले ताम्राकारलाई साथ दिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्