विराटनगरको आदर्श मा.वि.मा ११ बजे दिवा खाजा, पठनपाठन प्रभावित

<span class='c1'>विराटनगरको आदर्श मा.वि.मा ११ बजे</span> <span class='c2'>दिवा खाजा, पठनपाठन प्रभावित</span>

इन्दु साह
विराटनगर। विराटनगरको आदर्श माध्यमिक विद्यालयमा दिवा खाजाको समय ११ बजे नै राखिएको छ । यो विद्यार्थीमाथि गम्भीर बाध्यताको शिकार बनाउने कार्यले पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालयले निजी क्यान्टिनको व्यापारलाई प्राथमिकता दिँदै निर्धारित समयभन्दा करिब एक घण्टा ३० मिनेट अगाडि नै दिवा खाजा खुवाउने गरेको पाइएको छ।

विद्यालय प्रशासनले विद्यार्थीको संख्या धेरै भएकाले समय तालिका मिलाउनु परेको जनाए पनि, विराटनगर महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख राम ढुङ्गेलले यो व्यवस्थापनले विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको बताएका छन्। ढुङ्गेलका अनुसार, विद्यालयले निर्धारित समयभन्दा अगाडि विद्यार्थीलाई खाजा खुवाउन पाउँदैनन्।

यसरी समयभन्दा अगाडि खाजा खुवाउँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित हुनुका साथै उनीहरूको स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्ने विज्ञहरूको भनाइ छ। विद्यालयले क्यान्टिन सञ्चालकसँगको सहकार्यमा यस्तो निर्णय लिएको भए पनि, विद्यार्थीको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

विद्यालयमा दिवा खाजा खाने विद्यार्थीको संख्या धेरै भएकाले समय तालिका यसरी मिलाइएको सहायक प्रधानाध्यापक ईन्द्रबहादुर चौहानले बताए। तर, क्यान्टिन सञ्चालक सागर सापकोटाले भने दिउँसो १ बजेको समयमा अन्य विद्यार्थी खाजा खान आउने र आफ्नो व्यापार गर्नु पर्ने भएकाले दिवा खाजा छिटै खुवाउने पर्ने बाध्यता रहेको बताउछन्।

यदि क्यान्टिन व्यवस्थापन असहयोगी भए विद्यालयले वैकल्पिक खाजा आपूर्तिकर्ता खोज्ने बारे विचार गर्नु पर्ने देखिन्छ। विद्यार्थीहरूलाई उचित खानपान र समयको महत्त्व बारे शिक्षा दिनुपर्ने संस्थाले नै यी उपायहरूले विद्यार्थीहरूको पठनपाठनमा बाधा नपुग्ने गरी खाजा समयको उचित व्यवस्थापन गर्नुपर्छ। नियमानुसार दिवा खाजाको समय दिउँसो १ देखि २ बजे हो । तर, दिउँसो अन्य व्यापार गर्नुपर्ने भन्दै दिवा खाजा खुवाउने समय ११ बजे नै तोकिएको छ । बिहान खाना खाएर विद्यालय आएका विद्यार्थीलाई मध्यदिन गणना गरेर खाजा खुवाउँदा मात्रै उनीहरु दिनभर कक्षा कोठामा बस्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्