विराटनगरका विद्यालय परिसरमा रहेका क्यान्टिनमा जंक फूड

<span class='c1'>विराटनगरका विद्यालय परिसरमा रहेका</span> <span class='c2'>क्यान्टिनमा जंक फूड</span>

इन्दु साह
विराटनगर । विराटनगरका विद्यालयहरूमा जंक फूडको बढ्दो बिक्रीले विद्यार्थीहरूको स्वास्थ्य चुनौती थपेको छ । स्थानीय शैक्षिक संस्थाहरूको अनुगमन गर्दा धेरैजसो विद्यालय परिसरका क्यान्टिनहरूमा अस्वस्थकर वस्तुको बिक्री व्यापक रूपमा भइरहेको पाइएको हो ।

सामुदायिक र निजी दुवै विद्यालयहरूमा चाउमीन, पास्ता, मःम, कोक, फेन्टा लगायत अन्य किसीमका अस्वस्थकर खाजाहरू दैनिक रूपमा बिक्री भइरहेको छ। विद्यालय परिसरभित्र रहेको क्यान्टिनमा यस्तो खाजामा नियन्त्रण गर्नुपर्नेमा हो । यस्ता खाद्य पदार्थहरूको नियमित सेवनले विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने देखिन्छ ।

विद्यालय प्रशासन र स्थानीय सरकारको तर्फबाट पर्याप्त नियमन र नियन्त्रणको अभाव देखिएको छ । अभिभावकले समेत आफ्नो बालवालिकाले विद्यालयमा कस्तो खाजा खादैछन् भन्ने चासो नराखेको देखिन्छ । बालबालिकाको शारीरिक र मानसिक विकासको लागि पौष्टिक आहार अत्यन्त महत्वपूर्ण हुन्छ। जंक फूडको अत्याधिक सेवनले मोटोपना, मधुमेह र हृदय रोग जस्ता दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

विराटनगर महानगरपालिकाका शैक्षिक महाशाखाका प्रमुख राम ढुङगेलका अनुसार विद्यालयहरूमा स्वस्थ्य खाद्यवस्तु बिक्री गर्नेहरुलाई मात्रै अनुमति दिनुपर्ने बताए । उनले भने यसरी जंकफुड विक्रि भएको छ भने हामी अनुगमन गरेर नियन्त्रण गर्छौ ।
स्थानीय सरकार, विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीहरू बीच समन्वय गरी यस समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ। विद्यार्थीहरूको स्वास्थ्य र भविष्यको लागि यो विषय अत्यन्त महत्वपूर्ण रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्